राजनीतिक व्यवस्थालाई समय सापेक्षित रुपान्तरित गरिनु पर्दछ । लामो राजतन्त्रात्मक शासन व्यवस्थालाई निषेध गर्नुपर्ने अपरिहार्यतलाई पूरा गर्नका निम्ती संसारले प्रतिनिधिमूलक प्रजातन्त्रको वकालत गरेका थिए । जसले त्यो समयको निम्ती निकै उत्तम व्यवस्था स्थापित ग¥यो । वस्तुगत परिस्थिति पनि त्यही अनुरुपको हुँदा यो व्यवस्था स्थापित भयो र विस्तारै राजतन्त्रात्मक व्यवस्था कम्जोर हुँदै गएको थियो ।
प्रतिनिधिमूलक व्यवस्थाको धरातलाई नियाल्ने हो भने विश्वमा आजको जस्तो विज्ञान प्रविधिको उच्चतम विकास भएको थिएन । भौगोलिक रुपमा एउटा भ–ूभाग र अर्को भ–ूभाग पुग्न निकै कठिन परिस्थिति थियो अर्थात यातायातको व्यवस्था थिएन । सूचना प्रविधिको कुनै गुन्जायस थिएन । शिक्षाको स्थिती कमजोर थियो । भएको शिक्षा परम्परावादी, स्थुतिवादी, भक्तिवादी, ईश्वरवादी आदि थियो, भने वैज्ञानिक शिक्षाको धरातल निकै कमजोर थियो ।
दार्शनिक रुपमा पनि विश्व दुई धुर्वमा थियो । एक वस्तुवादी दर्शनको जग वसीसकेको थिएन भने अर्कोतिर आध्यात्मीक र नैतिक दर्शनले समाजलाई दिशा निर्देश गरिरहेको थियो । जसले सधै आफ्नो राजा महाराजको सेवामा नै समाजको हित हुन्छ भन्ने थियो । यस्तो परिस्थितिमा राजतन्त्रात्मक व्यवस्थालाई फ्यालेर नयाँ व्यवस्था ल्याउनु थियो, जुन प्रतिनिधिमूलक प्रजातन्त्रका रुपमा आयो । राजतन्त्रात्मक व्यवस्था र प्रतिनिधिमूलक व्यवस्थाको आधार स्तम्भ एउटै हुँदा प्रतिनिधिमूलक प्रजातन्त्र स्थापना हुनु बाहेक अरु सम्भव थिएन र त्यो न्यायोचित नै थियो ।
राजतन्त्रात्मक व्यवस्था र प्रतिनिधिमूलक प्रजातन्त्र दुवै जनताको प्रतिनिधिमूलक व्यवस्था हुन, जसमा शासकले प्रतिनिधि भएर जनतालाई शासन गर्ने गर्दछन् । राजतन्त्रमा राजा ईश्वरले पठाएको जनताको सेवा गर्ने प्रतिनिधिको रुपमा थियो । राजा महाराजाले शासन गर्दा जनतालाई हित हुने गरि शासन गर्दछन् भन्ने विश्वास गरिन्थ्यो । राजा महाराजाले कहिल्यै गल्ती नगरी ईश्वरले जसरी प्रजाजनको हितमा काम गरेर प्रजाको प्रतिनिधित्व ग्रहण गरिरहेको हुन्छ भन्ने विश्वास गरिन्थ्यो । जुन जनइच्छा अनुरुपको मानिन्थ्यो ।
विस्तारै जनतालाई राजसंस्थाप्रति विश्वास घट्दै गयो र आफ्नो शासन आफ्नो प्रतिनिधि राजसंस्थाबाट हुन नसक्ने मतको संख्या बढ्दै जादा अब जनताद्धारा, जनताका निम्ती, जनताबाटै शासन गरिनुपर्छ भन्ने मत अनुरुप प्रतिनिधिमूलक प्रजातन्त्रको स्थापना भयो । जुन आज संसारमा निकै अभ्यास गरिएको व्यवस्था हो । तर यो व्यवस्था पनि अजरअमर व्यवस्था होइन । आज यस व्यवस्थाका वारेका थुप्रै प्रश्न उब्जीएका छन् । यसको वैज्ञानिक उत्तर दिनुपर्ने भएको छ ।
प्रतिनिधि व्यवस्थाका सबल र कमजोर पक्षहरुः
विषम खालको भौगोलिक अवस्थाले गर्दा प्रत्येक जनताले आफ्नो प्रत्यक्ष सहभागीता सुनिश्चितता गर्न सक्ने स्थीति थिएन । आफ्नो काम आफ्नो प्रतिनिधिमार्फत सम्पन्न गर्दा उसलाई आफूले भौगोलिक कठिनाई झेल्नु नपर्ने हुन्थ्यो जुन व्यक्तिका लागि राम्रो कुरा नै थियो । सबै काममा आफ्नो ज्ञान नपुग्ने हुँदा ज्ञान भएको प्रतितिधिलाई काम लगाउँदा व्यक्तिलाई सजिलो हुन्थ्यो । आफू कम्जोर भएको महसुस भएको वेलामा बलियोले आफ्नो रक्षा गरिदियोस भन्ठानु राम्रो नै थियो । यस्तो तितो यथार्थको विचमा व्यक्तिले आफ्नो प्रतिनिधि व्यवस्थाले आफूलाई हित भएको ठान्थ्यो र सहज रुपम प्रतिनिधि व्यवस्थालाई आफ्नो व्यवस्था बनाएको थियो ।
प्रतिनिधिमूलक प्रजातन्त्रमा जनताले आफ्ना सार्वभौम अधिकार आफ्नो प्रतिनिधिलाई सुम्पेको हुँदा आफ्नो प्रतिनिधिले त्यसको दुरुपयोग गरिराखेको छ भन्ने महसुुस राजतान्त्रीक व्यवस्थामा पछि थाहा भयो भने प्रतिनिधिमूलक व्यवस्थामा हाल आएर थाहा हुन थालेको छ । जनताको हित भन्दा आफ्नो हित उसको मुख्य प्राथमिकता हुन्छ । आफूले जे गरेनी हुन्छ, सोझा–साझा मानिसलाई विविध नाममा शोषण, उत्पीडन, लोभ–लालज, डर, धम्की, सबै देखाएर आफू अनुकुलको काम मात्र गर्ने गराउने कार्य मात्र हुनु यसको कम्जोर पक्ष थियो । जुन आज यो पक्ष बलियो भएर देखा परेको छ । यसैले यस व्यवस्थाको विकल्प खोज्न थालिएको छ । अर्को उच्च कोटीको प्रत्यक्ष प्रजातन्त्रले मात्र प्रतिनिधि व्यवस्थालाई चुनौति दिन सक्ने भएकाले यसको पक्षमा मानिसको धारण निर्माण हुँदैछ ।
प्रत्यक्ष प्रजातन्त्रको वस्तुुगत आधारः
कुनै पनि व्यवस्था वस्तुगत आधारमा उभिएको हुन्छ । यस भन्दा अघिका र अब पछि आउने व्यवस्था पनि वस्तुगत आधार अनुरुपकै हुनेछ । त्यसो हुँदा प्रत्यक्ष प्रजातन्त्र पनि अहिलेको वस्तुगत आधारको माग बन्दै जाने हुँदा वस्तुुगत आधार केलाउनु आवश्यक भएको छ ।
प्रत्येक व्यक्ति सार्वभौम अधिकार सम्पन्न हुन्छ । सार्वभौम अधिकार व्यक्ति स्वयमले अभ्यास गर्नु पर्छ । त्यसो हुँदा उसमाथि कुनै पनि अन्याय हुने छैन । व्यक्तिले आफूले आफैलाई अन्याय गर्ने छैन । यसो हँुदा प्रत्यक्ष प्रजातन्त्रमा व्यक्तिकोे सार्वभौम अधिकार सधै आफ्नो इच्छा, चाहना, आवश्यकता, प्राथमिकता, वस्तुगत भएर प्रत्यक विषयमा आफ्नो मत जाहेर गर्न सक्छ । यसर्थ यो व्यवस्था मात्र वास्तविक प्रजातन्त्र हो जहाँ सार्वभौम अधिकार सम्पन्न जनता भएर बाँच्न पाएका हुन्छन । त्यो नै हो सार्वभौम अधिकार सम्पन्न राजनीतिक व्यवस्था । यसको वस्तुगत परिस्थिति निर्माण भएको छ र यसका बारेमा वहस सुरु हुन थालेको हो ।
विज्ञान प्रविधिको उच्च विकास, भौगोलिक विकटताको अन्त्य हुँदै विश्व एउटा गाउँमा परिणत भएको छ । सूचना प्रविधिले मानिसको ज्ञानको राशिमा ठूलो उथलपुथल ल्याएको छ । शिक्षाको विकासले वैज्ञानिक स्वरुप ग्रहण गरेर यथार्थवादी र व्यवहारीक शिक्षा विकास सम्भव भएको छ । दर्शनमा यथार्थवादी, वैज्ञानिक, सैद्धान्तीक, तार्किक र विशिष्टीकृत भएर विकास भएको छ । सारसंग्रहवादी दर्शनको अन्त्य भएर गएको छ ।
सर्वज्ञानि दार्शनिक प्रवृत्तिको अन्त्य भएर विशिष्ट रुपमा परिणत भएर शक्तिशालि बनेको छ । एउटै मानिसमा सबै कुराको ज्ञान सम्भव हुँदैन । यस्तो यथार्थलाई विस्तारै ग्रहण गरेको छ । यसर्थ आजको वस्तुगत धरातल बदलिएको तथ्यगत प्रमाणहरुका रुपमा आजको परिस्थितिलाई बुझ्न सकिन्छ,त्यसो हुँदा अब यस अनुरुपको शासन व्यवस्थाको खोजी अन्यथा मानिनु वैज्ञानि हुँदैन ।
अबको बाटो
हरेक कुरा जन्मदा सुन्दर भएर जन्मन्छ मर्दा कुरुप भएर मर्छ । बालक जन्मदा सुन्दर हुन्छ भने मृत्युको अवस्थामा पुग्दा कुरुप भएजस्तै आजको प्रतिनिधिमूलक प्रजातन्त्र राजतन्त्रात्मक व्यवस्थाको वस्तुगत धरातलमाथि उभिएको सुन्दर व्यवस्था थियो ।
जसले विश्वबाट राजतन्त्रात्मक व्यवस्था लगभग समाप्त ग¥यो । आमूलाई वास्तविक प्रजातान्त्री व्यवस्थाको रुपमा प्रतिनिधिमूलक व्यवस्था आउनुवस्तुगत धरातलमा ठिक थियो । अब यसले आफ्नो वस्तुगत धरातल गुमाई सकेको छ । विस्तारै आफूलाई कुरुपम बनाउँदै छ र अवसानको बाटोमा डोहोयाउन लागी परेको छ । आज सम्म आइपुग्नुमा पुँजीवादको लचकताले मात्र काम गरेको हो । अब यो भन्दा अगाडी पुँजीवादले तन्काउन सक्दैन किनकी वस्तुगत जगतमा परिवर्तन आएको छ ।
अबको वस्तुगत धरातलले प्रत्यक्ष प्रजातन्त्रलाई सम्भव तुल्याएको छ । मानिस जहाँ रहन्छ त्यही वसेर आफूलाई हित हुँने गरी आफ्नो सार्वभौम अधिकार आफैले प्रयोग गर्न सक्छ । आफूलाई चाहिने विकासका बारेमा, आफ्नो सरोकारका बारेमा आफै प्रत्यक्ष वा परोक्ष ( दूरसञ्चारको प्रयोग) उपस्थिती जनाउन सम्भव भएको छ ।
आफ्नो शिक्षा, ज्ञान, सुचना, इच्छा, चाहना, आवश्यकता, प्राथमिकताका आधारमा आफ्नै स्थानमा वसेर हरेक आफ्नो सरोकारको विषयमा प्रत्यक्ष मत जाहेर गरिराख्ने मतपोलको निर्माण सम्भव भएको युगमा पुरानो भत्कीएको धरातलमा उभिएको व्यवस्थालाई अंगाली राख्नु वैज्ञानिक, तर्कसंगत, युक्तिसंगत, समयसापेक्षित र यथार्थवादी हुुँदैन । अब प्रत्यक्ष प्रजातन्त्रमा जाने सक्ने जनता भइसकेका छन् भने त्यस अनुरुपको वस्तुगत धरातलमा प्रत्यक्ष प्रजातन्त्रको अभ्यासमा समाजलाई डो¥याउनु पर्छ जुन सम्भव भएको छ ।