काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ । सत्तारुढ नेकपाकै सांसदहरुले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।
४५ जना प्रदेश सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। बागमतीमा नेकपाका ८० सांसद छन्।
अविश्वासको प्रस्ताव पत्रमा भनिएको छ, 'महंगी, कालोबजारी र अपराध नियन्त्रणमा प्रदेश सरकार जसरी अगाडि बढ्नु पर्थ्यो त्यसरी अगाडि बढेको पाइएन। देशमा शान्ति, सुव्यवस्थाको सुदृढ व्यवस्था गर्नुका साथै अपराधिक क्रियाकलाप गर्नेहरु हतोत्साही हुने वातावरण सिर्जना भएन।' यसअघि बागमतीका तीन मन्त्रीले राजीनामा दिइसकेका छन् ।
अविश्वास प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरु :
अष्टलक्ष्मी शाक्य, इन्द्रमाया गुरुङ, उर्मिला कर्माचार्य, कञ्चन खनाल, ओमबहादुर ग्लान, कुमारी मोक्तान, कुसुम कुमार कार्की, कृष्णप्रसाद भुर्तेल, कृष्णप्रसाद शर्मा खनाल, केशव प्रसाद पोख्रेल, घनश्याम दाहाल, जगतबहादुर सिम्खडा, जीवन खड्का, दिनेश महर्जन, देवकी श्रेष्ठ,रमा आले मगर, राजकाजी महर्जन, राजेन्द्र प्रसाद पाण्डे, राजेन्द्रमान श्रेष्ठ, रामलाल महतो, लक्ष्मण लम्साल, लालकुमारी पुन, लेखनाथ दाहाल, वसन्तप्रसाद मानन्धर, विशाल खड्का, बुद्धिमान माझी, शान्तिप्रसाद पौडेल, शालिकराम जम्कटेल, सीता अधिकारी, हिमाली गोले, हिरानाथ खतिवडा, अरुणप्रसाद नेपाल, पशुपति चौलागाई, पार्वती सिलवाल, प्रकाश श्रेष्ठ, प्रतिमा श्रेष्ठ, प्रेमबहादुर पुलामी, भावना सुवेदी, माधवप्रसाद पौडेल, मीना ज्ञवाली नेपाल, मुनु सिग्देल, युवराज दुलाल, रचना खड्का, रत्नप्रसाद ढकाल ।