काठमाडौ - आयोडीन शरिरका लागि नभइ नहुने पोषक तत्व भएता पनि बढि खानु झनै खतरनाक हुने विज्ञहरुले बताएका छन् ।
दैनिक कति आयोडिन चाहिन्छ ?
जन्मेदेखि ५९ महिनाका बालबालिकालाई: ९० माइक्रोग्राम
६ देखि १२ वर्षका बालबालिकालाई: १२० माइक्रोग्राम
वयस्कलाई: १५० माइक्रो ग्राम
गर्भवती र सुत्केरीलाई: २५० माइक्रोग्राम
शरिरले पर्याप्त मात्रामा आयोडिन नपाएमा के हुन्छ ?
भ्रुणमा पर्ने असरहरु: गर्भ तुहिने , मरेको बच्च जन्मने, अविकसित दिमाग, शारीरिक विकलांक
बालबालिकामा पर्ने असरहरु: हाइपरथाइरोइडिज्म, पढाईमा कमजोर र सुस्त मनस्थिती, शारीरिक कमजोरी
वयस्कमा पर्ने असरहरु: गलगाँड, हाइपरथाइरोइडिज्म र मानिसिक क्षमतामा कमि, शारीरिक तथा सामाजिक समस्या, शक्तिको कमी, सुस्त मनस्थिति, पढाइमा कमजोर, बोलिको विकास नहुने, न्यूरोलोजिकल क्रेटिनिज्म ।