नेकपा (प्रचण्ड–नेपाल) पक्षले संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीको विरोधमा भोली देशव्यापी आमहड्तालको घोषणा गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूहले आम हड्तालको घोषणा गरेको हो ।
प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले असंवैधानिक र गैरकानुनी ढंगले नियुक्त गरिएका संवैधानिक आयोगमा पदाधिकारी नियुक्ती गरिएको र उनीहरुलाई जबर्जस्ती शपथ गराइएको भन्दै त्यसको विरोधमा भोली देशव्यापी आमहड्ताल आह्वान गरिएको जानकारी दिनुभयो ।
उहाँले संसदीय सुनुवाई हुनुपर्ने व्यवस्था रहेको, प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेको तथा सभामुखले संसदीय सुनुवाई हुन नसक्ने भन्दै फाइल फिर्ता गरेको अवस्थामा शपथ गराउनु असंवैधानिक भएको उहाँको ठहर छ ।
देशव्यापी आम हड्तालमा यातायात, पसल, उद्योग, कलकारखाना र शिक्षण संस्था बन्द हुने जनाइएको छ । अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधी लगायत अत्यावश्यक सेवाहरु यथावत रहने जनाइएको छ ।
भोलीका लागि आह्वान भएको आम हड्ताल सफल बनाउन आज साँझ देशव्यापी मसाल जुलुस गरिने पनि जनाइएको छ । साथै भोलिका लागि तय भएको युवा ¥याली २८ गतेको सभा पछि गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।