काठमाडौं। देशभरका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठुलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपाउन आग्रह गरेको छ।
आज बिहान ३ बजेदेखि कास्की, स्याङजा, पाल्पा, कपिलबस्तु, रूपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं र आसपास धेरै स्थानमा ठूलो वर्षा जारी रहेको महाशाखा तथ्यांक छ।
थप वर्षा हुने भएकाले ती जिल्लामा बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ। तटीय क्षेत्रामा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
त्यस्तै, सुदूरपश्चिमको कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ। बाढी पूर्वानुमान शाखाले कान्द्रा, मोहना, खुटिया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
कान्द्रा नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको अवस्थामा रहेको जनाइएको छ। नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विषेश सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ।