काठमाडौं- अनलाइन यौन शोषणमा परेका बालबालिकाको ठुलो संख्यामा मानसिक असर परेको एक अध्यययनले देखाएको छ ।
सिविन नेपालले २०२० मा गरेको अनलाइन बालयौन शोषण सम्बन्धि अध्ययनमा अनलाइन यौन शोषणमा परेका बालबालिकामा मानसिक असर परेको देखाएको छ । सो संस्थाले सातै प्रदेशका ९ देखि १९ वर्ष सम्मका १ हजार ७१४ जना बालाबालिका तथा किशोर किशोरीमा अध्ययन गरेको हो ।
अनलाइन यौन शोषणमा परेका बालबालिका मानसिक समस्यामा परेको, कतिले पढाइमा ध्यान नदिएको, आत्महत्या गर्न लागेको र कतिपयले लामो समय सम्म दुखि भएर बसेको अध्ययनमा उल्लेख गरिएको छ ।
अध्ययनका अनुसार, उनिहरुलाई अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियो बनाएर पठाउन दबाब दिएको, यस्ता समस्या झेल्नेमा केटिहरुको तुलनामा केटाहरुको संख्या अधिक रहेको तथ्यांकमा उल्लेख गरिएको छ । यस्ता किसिमका भिडियोहरु बनाएर पठाउनलाई दबाब दिने वा बाध्य पार्नेमा पे्रमि, प्रेमिका, दौतरी, सबैभन्दा नजिका साथी लगायत अपरिचित व्व्यक्ति समेत रहेको पाइएको छ । भने केहि बिदेशीमुलुकका मानिसहरु पनि यस्ता गतिविधिमा संलग्न भएको अध्ययनले देखाएको छ ।
पे्रमि, प्रेमिका, दौतरी, सबैभन्दा नजिका साथीले यौन प्रेरित सामाग्रीहरु पढाउने माध्यममाका रुपमा सामाजिक संजाल, इमेल प्रयोग गरेको तथ्यांकमा उल्लेख गरिएको छ । भने अपरिचित र विदेशीलाई पठाउने माध्यममा सामाजिक संजाल, इमेल, अज्ञात लिकं र फोन समेत प्रयोग गरिएको छ ।
उत्तरदाता मध्ये १ सय ३७ जनालाई क्यामेराको अगाडि नग्न देखिन भनिएको थियो । उनिहरुमध्ये ५८ जना केटा ४७ जना केटि र दुईजना लैगिंक अल्पसंख्यक समुदायका रहेको पाइएको छ । ४ सय ५७ जनाले अनलाइनमा अपरिचित व्यक्तिहरुलाई भेटेको पाइएको छ । उनिहरु मध्ये १ सय ६३ जनालाई प्रत्यक्ष भेट्न भनिएकोमा १ सय ५४ जनाले भेटघाट गरेका थिए । त्यसरी भेटेका सबैले कुनै न कुनै रुपमा यौन शोषणको अनुभव गरेका थिए ।
त्यस्तै ३ सय ४० जनाले अनिच्छित अनलाइन शोषण भोगेको बताएका छन् । यसरी शोषण सामाना गर्ने मध्ये केटाको संख्या केटिको तुलनामा अधिक रहेको छ ।
३ सय ४० मध्ये ४८ जनाले यस्तो घटना घटेपछि विद्यालय छोडेका थिए । उनिहरु मध्य १५ जनाले मात्र परार्मश सेवाको खोजि गरेका थिए भने ३४ जनाले दैनिक जीवन व्व्व्यवहारमा बाधा परेको बताए । यी मध्ये ९ जनाले मात्र परार्मश सेवा पाउँन सकेको थिए ।
३ सय ४० उत्तरदातामध्ये २ सय ३३ जनाले परिवार साथी वा पुलिसलाई खबर गरेका थिए । यसैगरि सामाजिक संजाल तथा सम्पर्क ब्लक गर्ने आएका कल तथा सन्देशहरुलाई उपेक्षा गर्ने इन्टरनेटको प्रयोग बन्द गर्ने , सिमकार्ड बन्द गर्ने , सामाजिक संजालमा नया अकाउन्ट खोल्ने गरेको पाइएको छ ।
र्
ेकुल उत्तदातामध्ये १ हजार ७५ जनालाई अनलाइनमा बाल यौन शोषण गर्नेहरुलाई दण्ड सजाय हुने जानकारी रहेको छ ।
साइबर बुलिगं
कुल उत्तरदाता मध्ये २ सय ५३ जनाले साइबर बुलिगंको शिकार भएको बताएका थिए । उनिहरु मध्ये १७५ जनाले अभिभावकलाई उनिहरुको इन्टरनेट बानीव्यवहार थाहा पाएपछि पनि साइबर बुलिगंको सामाना गरेका थिए ।
अध्ययनमा सहभागिमध्ये १ हजार ४८८ जना इन्टरनेट सुरक्षाका बारेमा जानकार थिए । उनिहरुमध्ये ३ सय ४५ जना पूर्णरुपमा सचेत रहेको भेटिएको छ ।
यौन शोषणमा पर्नेहरुमा बालिका किशोरी भन्दा झन्डै दोब्बर संख्यामा बालक किशोरहरु रहेको तथ्यले देखाएको छ ।
प्राप्त तथ्यले यस्ता शोषण रोकथाम तथा संरक्षणको कार्यहरुमात्र नभइ बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा पनि सोच्नुपर्ने देखाएको छ । यस अध्ययनले धेरै बालबालिकाहरु शोषणमा परेपछि विद्यालय छोड्न बाध्य भएको र दैनिक जीवनमा समेत असर परेको देखिन्छ ।
यस्ता शोषणबाट बचाउनका लागि बालबालिकालाई इन्टरनेट सुरक्षाका बारेमा सचेत र सशक्त बनाउनु पर्छ । अनलाइन सुरक्षा प्रदान गर्नका लागि आवश्यक निती तथा कार्यक्रम तर्जुमा गरि कार्यन्वयन गर्नु पर्छं । साथै सचेतना जगाउने कार्यलाई प्रथामिकताका साथ अगाडि लैजानु पर्छ । यस्ता कार्य गर्नका लागि सरकारवाला निकायहरु अग्रसर हुनु पर्ने सिविन नेपालले उल्लेख गरेको छ ।