काठमाडौं - सामान्य मानिसको तुलनामा मधुमेहका बिरामीमा आँखाको समस्या दुई गुणा बढी हुन्छ। मधुमेहका बिरामीमा सबैभन्दा बढी देखिने समस्या भनेको यसको दृष्टि पर्दाको रक्तनलीमा असर परी आउने समस्या डाइबेटिक रेटिनोप्याथी हो। अन्य समस्याहरुमा पटक पटक आनो आउने, आँखा सुख्खा हुने छिटो छिटो चस्माको पावर परिवर्तन हुने, मोतिविन्दु र जलविन्दुको संभावना बढी हुने, आँखा डेढो हुने तथा आँखाको ढकनी झर्ने गर्दछ।
कुल मधुमेहका विरामीमध्ये करिव आधा बिरामीहरुलाई कुनै न कुनै प्रकारको आँखाको समस्या भएको पाइन्छ।
मधुमेह भएका व्यक्ति अन्य व्यक्तिको तुलनामा २५ औं गुणा बढी दृष्टिबिहिन हुने सम्भावना हुन्छ।
डाइबेटिक रेटिनोप्याथीको जोखिममा पर्ने समुहहरु
मधुमेहको समय अवधि बढ्दै जाँनु
रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुनु
उच्च रक्तचाप नियन्त्रणमा नहुनु
रगतमा चिल्लोको मात्रा अधिक हुनु
मिर्गौलामा असर भएमा
गर्भावस्था
रक्तअल्पता भएमा
धुम्रपान गरेमा
मधुमेह भएको २० वर्षमा पहिलो प्रकारका मधुमेहको करिब सबै बिरामी र दोस्रो प्रकारका मधुमेहका करिव ८० प्रतिशतमा डाइबेटिक रेटिनोप्याथी हुने गरेको पाइएको छ।
’