काठमाडौं - अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियोहरु बनाएर पठाउनका लागी दबाब झेल्नेहरुमा केटीहरुको तुलनामा केटाहरुको संख्या अधिक रहेको अनुसन्धानले देखाएको छ ।
सिविन नेपाललले आज उपत्यकामा आयोजना गरेको एक कार्यक्रममा अनलाईन यौन शोषणमा पर्नेहरुमा बालिका किशोरी भन्दा झन्डै दोब्बर संख्यामा बालक किशोरहरु रहेको तथ्यांक सार्वजानीक गरेको हो । अनलाईन यौन शोषणमा पर्नेहरुमा बालिका/किशोरीको संख्या ४५ जना रहेको छ भने बालक/किशोरको संख्या ८३ जना रहेको छ । अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियो बनाएर पठाउन दबाब दिने वा बाध्य पार्नेमा प्रेमी, प्रेमिका, दौतरी, सबैभन्दा नजिका साथी लगायत अपरिचित व्यक्ति रहेको पाइएको छ । भने केहि बिदेशी मुलुकका मानिसहरु पनि यस्ता गतिविधिमा संलग्न भएको अध्ययनले देखाएको छ ।
प्रेमिका प्रेमी दौतरी र सबैभन्दा नजिकको साथीले यौन प्रेरीत सामाग्रीहरु पठाउने माध्ययममा सामाजीक नेटवर्किङग् साइटहरु, इमेल, अज्ञात लिंक र फोन प्रयोग भएको देखिएको छ ।
अध्ययनका अनुसार, उत्तरदातामध्ये १ सय ३७ जनालाई क्यामेराको अगाडि नग्न देखिन भनिएको थियो । उनिहरुमध्ये ५८ जना केटा ४७ जना केटि र दुईजना लैगिंक अल्पसंख्यक समुदायका रहेको पाइएको छ । ४ सय ५७ जनाले अनलाइनमा अपरिचित व्यक्तिहरुलाई भेटेको पाइएको छ । उनिहरुमध्ये १ सय ६३ जनालाई प्रत्यक्ष भेट्न भनिएकोमा १ सय ५४ जनाले भेटघाट गरेका थिए । त्यसरी भेटेका सबैले कुनै न कुनै रुपमा यौन शोषणको अनुभव गरेका थिए ।
अध्ययनमा अनलाइन यौन शोषणमा परेका बालबालिकाको ठुलो संख्यामा मानसिक असर परेको देखाएको छ ।
त्यस्तै ३ सय ४० मध्ये ४८ जनाले यस्तो घटना घटेपछि विद्यालय छोडेका थिए । यस्तो घटना घटेपछि उनिहरुमध्ये १५ जनाले मात्र परार्मशको खोजि गरेको अध्धयनमा उल्लेख गरिएको छ ।
अध्ययनका अनुसार, ३ सय ४० उत्तरदातामध्ये २ सय ३३ जनाले परिवार साथी वा पुलिसलाई खबर गरेका थिए । त्यसैगरि सामाजिक संजाल तथा सम्पर्क ब्लक गर्ने आएका कल तथा सन्देशहरुलाई उपेक्षा गर्ने इन्टरनेटको प्रयोग बन्द गर्ने , सिमकार्ड बन्द गर्ने , सामाजिक संजालमा नया अकाउन्ट खोल्ने जस्ता कार्य भएको अध्ययनले देखाएको छ ।
कुल उत्तरदाता मध्ये २ सय ५३ जनाले साइबर बुलिगंको शिकार भएका रहेछन् । उनिहरुमध्ये १७५ जनाको अभिभावकलाई उनिहरुको इन्टरनेट बानी व्यवहार थाहा पाएपछि पनि साइबर बुलिगंको सामाना गरेका अध्यनले देखाएको छ । अध्ययनमा सहभागिमध्ये १ हजार ४८८ जना इन्टरनेट सुरक्षाका बारेमा जानकार थिए । उनिहरुमध्ये ३ सय ४५ जना पूर्णरुपमा सचेत रहेको भेटिएको छ ।
अध्ययनमा संलग्न भएकाहरुमध्ये ६३.१ प्रतिशतको समाजीक नेटवर्किंगमा अकाण्ट रहेको र ४०.३७ प्रतिशतले दैनिक १ देखि २ घण्टा र ०.७६ प्रतिशतले ६ घण्टा भन्दा बढि इन्टरनेटको प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।
सिविन नेपालले २०२० मा गरेको अनलाइन बालयौन शोषण सम्बन्धि अध्ययनमा सातै प्रदेशका ९ देखि १९ वर्ष सम्मका १ हजार ७१४ जना बालाबालिका तथा किशोर किशोरी संलग्न थिए ।