सप्तरी- सप्तरीको कञ्चनरुप नगरपालिकास्थित रुपनगरमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । दुर्घटनामा मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ३५२३ नम्वरको यात्रुबाहक बस अनियन्त्रि भएर दुर्घटना भएको हो । घाइतेहरुको रुपनगरस्थित एमडि अस्पतालमा उपचार भईरहेको छ ।
गाईघाटबाट धरानतर्फ जाँदै गरेको सृजना ट्राभलको बस पुर्व-पश्चिम लोकमार्गस्थित रुपनगरमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।-