काठमाडौं - टिटानस व्याक्टेरियाको संक्रमणका कारण हुने एक गम्भीर समस्या हो । यो रोग क्लास्ट्रीडियम टेटानी नामक बेक्टारियाको संक्रमणका कारण हुने गर्छ । यस्ता व्याक्टेरिया विशेषगरी धुलो, माटो तथा पशु मलमा पाइन्छ । जब यो व्याक्टेरिया कुनै घाउमा प्रवेश गर्दछ, तब शरीरमा टेटनोस्पास्मिन नामक विष पैदा हुन्छ ।
योे विषाक्त विस्तारै शरीरमा फैलिएर शरीरको तन्त्रिका (मोटर न्युरोन, जसले मांपसेशीलाई नियन्त्रण गर्छ) लाई असर गरी शरीर अडकिने, जकडिने जस्ता गम्भीर समस्या निम्त्याउने गर्छ । जुन टिटानसको प्रमुख लक्षण हो । समयमै टिटानस विरुद्धको खोप नलगाएमा मानिसको मृत्यु समेत हुनसक्छ ।
टिटानस बालबालिका तथा वयष्कलाई मात्र नभएर नवजात शिशुलाई पनि हुनसक्छ ।
कुनै संक्रमित उपकरणद्धारा नवजात शिशुको सालनाल काट्नाले पनि उनीहरुलाई टिटानस हुने जोखिम उच्च हुने गर्छ । जसलाई चिकित्सकीय भाषामा नियोन्याटल टिटानस भन्ने गरिन्छ । यो टिटानशको घातक रुप हो । कुनै नवजात शिशुलाई टिटानस भएमा उनीहरु दूध पिउन छोड्दछन् ।
टिटानसको सम्भाबना नरहेको घाउ सानो र सफा भए बालबालिकालाई टिटानस खोपको सम्पुर्ण ३ डोज पुरा गरेको भएमा अन्तिम डोज दिएपछि १० बर्ष बितेको छैन भने फेरी लगाउँनुपर्छ ।
बालबालिकालाई टिटानस खोपको पुरा ३ डोज पाएको छैन भने सानो सफा घाउचोटमा पनि लगाउन पर्छ ।
टिटानस हुन सक्ने घाउहरु भननाले १ सेमि भन्दा गहिरो, मोटो फोहोर टासिएको, जनावरले टोकेको, ६ घण्टापछि टाका लगाएको, संक्रमित, खिया लागेको औजारको घाउचोटलाई बुझिन्छ ।
बालबालिकालाई टिटानसको खोपको सम्पुर्ण ३ डोज पुरा गरेको छ र अन्तिम डोज दिएको ५ बर्ष बितेको छैन भने टिटानसको खोप लगाउन पर्दैन । तर खोपको अन्तिम डोज ५ बर्ष भन्दा पहिले दिएको हो भने फेरी लगाउनुपर्छ ।
टिटानसको खोपको ३ डोज पुरा नगरेका बालबालिकालाई टिटानसको खोपसँगै इम्युनोग्लोबुलिन पनि दिनुपर्छ ।