काठमाडौं– दसैंको बेला देशको सम्पूर्ण माहोल उमंगमय भैरहँदा परेको निरन्तरको वर्षाले यो वर्षको दशैलाई खल्लो बनाइदिएको छ ।
मुलुककै ठूलो चाड दसैं मनाउन कर्मथलोबाट फर्किएकाहरु परिवारसँग घरमा रमाइलो गर्न भन्दा बढी आकाश हेरेर बस्नुपर्ने बाध्यतामा रहे । कोरोना महामारीका कारण यसअघिका दुई वर्ष दसैं मनाउन खासै नपाएकाहरू यो बेला विशेष उत्साहमा थिए । तर निरन्तरको वर्षाले उनीहरु राम्रोसँग घरबाट निस्कन पनि सकेनन् ।
विशेषगरी पश्चिम नेपालमा झरीको मात्र नभै बाढी पहिरोको समेत सामाना गर्नुप¥यो । दसैं मानेर कर्मथलोतर्फ फर्कने बेला फेरी समस्या पैदा भएको छ । पानी परेको पर्यै छ । विभिन्न ठाँउहरु डुबानमा परेका छन् ।
बाढीपहिरोले सडकहरु अबरुध्द भएका छन् । भोलिदेखि सबै सरकारी कार्यालयहरु, धेरैजसो विद्यालय खुल्दैछन् । तर सवारी आवागमन नराम्ररी प्रभावित हुँदा दसैं मान्न घर गएकाहरु कर्मथलो फर्कदा सास्ती भोग्न बाध्य भएका छन् ।