काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गर्नु भएको छ ।
राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग उहाँको सरकारी निवास लैनचौरमा बिदाइ भेट गर्नु भएको हो । भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरु भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गर्नु भएकोमा बधाई दिनु भयो ।
सभामुख सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गर्नु भयो । बिदाइ भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त गर्नु भयो ।