काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।
शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा ढुंगेलको निधन भएको नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीले जानकारी दिनुभयो । उहाँको घरकै बाथरुममा लडेर उनको निधन भएको हो ।
ढुंगेल ओखलढुंगाबाट पहिलो संविधानसभाका सदस्य निर्वाचित हुनुभएको थियो ।
नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै रहनुभएको थियो ।