काठमाडौं- निर्वाचन आयोगले निर्वाचनको दिन मंसिर ४ गते यातायात सञ्चालन गर्न दिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको दिन व्यवस्थित ढंगले यातायात सञ्चालन गर्न अनुमति दिने तयारी आयोगले गरेको बताउनु भएको हो ।
यसका लागि निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, गृह मन्त्रालय रहेको कार्यदल गठन गरेको र सो कार्यदलले दिएको सुझावका आधारमा आयोगले सो दिन यातायात चलाउन अनुमति दिने प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।
विगतमा निर्वाचनको दिन यातायता बन्द गर्दा मतदाताहरुलाई समस्या पर्ने गरेको गुनासो आयोगमा आएको थियो ।-