सन् २०२० डिसेम्बर २५ तारिख एसियाली पूर्वाधार लगानी बैंकको स्थापनाको ५औं वार्षिकोत्सव हो। विगत ५ वर्षमा, एसियाली पूर्वाधार लगानी बैंकले एशिया र विश्वका विभिन्न देशहरु र क्षेत्रहरूमा नयाँ विकास अवसरहरू प्रदान गरेको छ।
सन् २०१६ जनवरी १६ तारिख, एसियाली पूर्वाधार लगानी बैंकको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले “एसियाली पूर्वाधार लगानी बैंक सबै सदस्य देशहरूको बैंक भएको र यसले विभिन्न क्षेत्र र विश्वको साझा विकासलाई प्रवर्द्धन गर्छ” भनेर स्पष्ट औंल्याउनुभएको थियो।
नयाँ कोरोना भाइरस महामारी प्रकोपपछि एसियाली पूर्वाधार लगानी बैंकले सदस्यहरूको आपतकालीन सार्वजनिक स्वास्थ्य आवश्यकताहरूका लागि आर्थिक सहयोग दिन, पूर्वाधार परियोजनाहरू र अन्य उत्पादन क्षेत्रहरूको लागि आर्थिक सहयोग प्रदान गर्न एक आपतकालीन कोष स्थापना गरेको छ।
यसको जन्मदेखि नै एसियाली पूर्वाधार लगानी बैंक एसियामा पूर्वाधार निर्माण र आपसी सम्बन्धलाई बढाउन तथा क्षेत्रीय सहयोगलाई गहन बनाउन र साझा विकासको लागि प्रतिबद्ध छ।
सन् २०१९ मा एसियाली पूर्वाधार लगानी बैंकको निर्देशक बोर्डले नेपालमा जलविद्युत आयोजनाहरुका लागि १० करोड अमेरिकी डलर सम्मको ऋण स्वीकृत गरेको छ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाले नेपालको ऊर्जा उत्पादन करिब १० प्रतिशतले वृद्धि हुने छ। यस परियोजनाले ५ लाख भन्दा बढी मानिसहरूलाई नयाँ वा सुधारिएको बिजुली आपूर्ति प्राप्त गर्न मद्दत गर्ने छ। यसले दिगो विकास लक्ष्य हासिल गर्न र आर्थिक वृद्धि, रोजगारीका अवसरहरू र गरिबी न्यूनीकरणका लागि नेपालका प्रयासहरूलाई सहयोग पुर्याउँदै आएको छ।