काठमाडौं- यसअघिका भएका निर्वाचनमा हेभिवेट नेताहरुको नजर लाग्ने संघीय राजधानी काठमाडौंमा यसपटक भने अधिंकाश नयाँ अनुहारले उम्मेदवारी दिएका छन् ।
काठमाडौंको विभिन्न क्षेत्रबाट यसअघि पटक–पटक निर्वाचित भइसकेकाहरुले पनि मंसिर ४ को आगामी निर्वाचनमा राजधानी बाहिरका जिल्लाहरुबाट भाग लिएका छन् ।
कुनै समय काठमाण्डौंमा निर्वाचनको समय हेभिवयेट नेताहरुको खुब चहलपहल हुन्थ्यो, देशकै ध्यान काठमाण्डौंमै केन्द्रित हुने गर्दथ्यो । तर यसपटको निर्वाचनमा भने काठमाडौंमा हेभिवेट नेताभन्दा पनि बढी स्वतन्त्र र सामाजिक अभियान्ताहरु बढी देखिएका छन् ।
काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा ६० भन्दा बढी उम्मेदवारहरु निर्वाचनमा उत्रिएका छन् । देशभरमै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौँ जिल्लामा आसन्न आम चुनावमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
दशवटा निर्वाचन क्षेत्र रहेको काठमाडौँका अधिकांश निर्वाचन क्षेत्रमा पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव जित्ने रणनीतिका साथ ठूला दलहरुले अन्य दलसँग गठबन्धन गरेसंगै काठमाण्डौं छोडेर आफुलाई पाएक पर्ने स्थानहरुमा हेवीवेटका नेताहरु गइसकेका छन् ।
नेपाल प्रहरीका पूर्वडिआइजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।काठमाडौं– १ बाट कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन् ।
विगतमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र रहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर २मा यसपटको उहाँको उम्मेद्वारी परेन । यस क्षेत्रमा माओवादी केन्द्रले पूर्वसभामभुख ओनसरी घर्तीलाइ उठाएको छ भने बाट एमालेका मणिराम फुँयाल उम्मेद्वारा बन्नु भएको छ । सोही क्षेत्रमा राप्रपाले नवराज सिंखडाले उम्मेदवारी दिनुभएको छ ।
यस्तै काठमाडौं ३ बाट एमालेका कृष्ण राईले उम्मेदवारी दिँदा कांग्रेसबाट सन्तोष चालिसे उम्मेदवार बन्नुभएको छ । राप्रपाबाट गणेश गिरीले उम्मेदवारी दिनुभएको छ भने निरञ्जन पुडासैनीले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र ४ मा कांग्रेस महामन्त्री गगन थापा र एमालेका राजन भट्टराईबीच पुन चुनावी भिडन्त हुने भएको छ । यसअघिको निर्वाचनमा यी दुई नेता बीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । यसै क्षेत्रमा राप्रपाबाट ठाकुर मोहन क्षेष्ठ र ईन्जिनीयर आकर्षण पोखरेल, अर्जुन प्रसाई, राधा पोखरेल लगायतले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
एमाले नेता इश्वर पोख्रेल भने काठमाडौं क्षेत्र नम्बर पाँच बाट उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस क्षेत्रमा यस पटक कांग्रेसबाट युवा नेता प्रदीप पौडेलले प्रतिश्पर्धा रहनु भएको छ भने स्वतन्त्रबाट २०७४ को स्थानीय तहमा चर्चामा रहनु भएकी रञ्जु दर्शनाले उम्मेदावरी दिनुभएको छ ।
यसै क्षेत्रमा हाँस्यकलाकार मधुसुदन पाठक सितेबाट परिचेत परिचित उम्मेदवारी दिनुभएको छ । त्यस्तै यता, काठमाडौं क्षेत्र नम्बर ६ बाट पुर्व प्रहरी महानिरीक्षक तथा नेकपा एमालेका नेता सर्वेेन्द्र खनालले उम्मेदवारी दर्ता गराउनु भएको छ । खनाल केही समय मात्रै अघि एमालेमा प्रवेश गर्नुभएक थियो , सोही क्षेत्रबाट नेपाली कांग्रेसबाट नेता भिमसेनदास प्रधान उम्मेदवार बन्नु भएको छ ।
काठमाडौं ७ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले सत्ता गठबन्धनकोतर्फबाट उम्मेदवारी दिँदा एमालेले श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ । यसै क्षेत्रका पूर्व सांसद रामवीर मान्धरको स्वतन्त्र उम्मेद्वारी परेको छ । स्वतन्त्रबाट यादवलाल कायस्थ र रविन्द्र कुमार श्रेष्ठले पनि उम्मेदवारी दिनुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर ८ गत स्थानीय तह निर्वाचनमा काठमाडौ महानगरपालिकाको मेयरमा उम्मेदवारी बन्नुभएका सुमन सायमीले उम्मेदवारी दिँदा सत्तागठबन्धनको तर्फबाट नेकपा एसका नेता जीवनराम श्रेष्ठ उम्मेदवार बन्नुभएको छ । एमालेको तर्फबाट शिवराज वैद्यले उम्मेदवारी दिनुभएको छ ।
क्षेत्र नम्बर ९ बाट नेकपा एमालेले कृष्णगोपाल श्रेष्ठ र सत्तागठबन्धनले माओवादी केन्द्रकी नेतृ कल्पना धमलालाई उम्मेदवार बनाएको छ । यही क्षेत्रबाट राप्रपातर्फबाट देवेन्द्र प्रधान उम्मेदवार बन्दा विद्या श्रेष्ठ महर्जनले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० मा कांग्रेसबाट राजन केसीले उम्मेदवारी दिँदा एमालेको तर्फबाट हिमेश केसी उम्मेदवार बन्नुभएको छ ।
ललितपुरका ३ वटा संघीय निर्वाचन क्षेत्रमा अधिकांश पुरानै अनुहारबीच प्रतिष्पर्धा हुने भएको छ । ललितपुर क्षेत्र नम्बर १ मा कांग्रेसबाट उदयशमशेर राणा र एमालेका नवराज सिलवाल, क्षेत्र नम्बर २ बाट नेकपा एसका कृष्णलाल महर्जन र एमालेबाट प्रेम महर्जन तथा क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल र एमालेको तर्फबाट अमृत खड्काले उम्मेदवारी दिनुभएको छ । राजाराम तण्डुकारले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
भक्तपुरका २ वटा संघीय निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज गेलाल र माओवादी केन्द्रका सुरेश न्यौपानेले उम्मेदवारी दिनुभएको छ । क्षेत्र नम्बर २ मा भने नेकपा एमालेका महेश बस्नेत र नेपाली कांग्रेस भक्तपुर जिल्लाका सभापति दुर्लभ थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
पूर्व प्रधानमन्त्रीहरु स्वं कृष्णप्रसाद भट्राई, मनमोहन अधिकारी, नेपाली कांग्रेसका नेता गणेशमान सिंह र एमाले नेता मदन भण्डारी जस्ता इतिहास बोकेका पात्रका रोजाइमा काठमाडौं पर्ने गर्दथ्यो ।-