ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं १ (१) बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार मधुसुदन पौडेललाई यहाँका जनताले त्रेतायुगका रामका अवतारका रुपमा मान्ने गरेका छन् ।
सबै जनतासँग नरम व्यवहार, मिलनसार, सहनशिल, नीतिपरक, शिक्षित, लोभ, लालच, मोह नभएका सो गुणका व्यक्तिको कारण उहाँलाई चिन्ने जति सबैले रामको स्वरुपका रुपमा प्रशंसा गर्ने गरेका हुन् ।
पौडेलमा भगवान रामको जस्तो बानी व्यवहार र चरित्र छ । एमाले पार्टीमा रहेर कयौँ पटक ललितपुरका गाउँ गाउँ डुलियो । कुनै दिन उनमा नराम्रो व्यवहार र कुनियतको भावना नदेखिएको गोदावरी नगरपालिका वडा नं ४ निवासी राजनप्रसाद आचार्यले बताए ।
उनले भने, “हाम्रा क्षेत्रका शान पौडल कुनै पनि व्यक्तिलाई पार्टीगत हिसावले नहेरी मानवताको हिसावले सदैव हेर्ने गर्छन । उनको यस्ता बानिले गर्दा आज कयौँ मानिसका दिलमा उहाँ बस्न सफल भएको छन् ।” मृदुभाषी तथा सफा मन र चरित्र भएका पौडेललाई आसन्न निर्वाचनमा अत्यधिक मतका साथ विजय गराउन पाउँदा सिङ्गो मुलुकलेनै राहत पाउने आचार्यको भनाइ रहेको छ ।
अरुको धन पैशामा नबिक्ने । दुःखै गरेरै भएपनि सदैव सफा सुघर भएर हिड्ने । मुहारमा विष्णुको जस्तो चमक भएका । थोरै बोल्ने र सोचेर बोल्ने यस्ता महाज्ञानी सो क्षेत्रबाट निर्वाचनमा खडा हुँदा हरेक बाह् वर्षमा सिंहअस्त मेला लाग्ने गोदावरीको कुण्ड समेत खुशीले प्रवाह भइरहेकी गोदावरी वडा नं ३ निवासी केशवराज गिरीले बताए । उनले भने, “सानै उमेरदेखि राजनीतिमा खुबै चाख हुनुभएका हाम्रा अग्रज व्यक्तित्व पौडेलले २०४९ सालमा कर्मचारी सञ्चयकोषको जागिरलाई त्याग गरी राजनीतिक मार्फत देश बनाउने गतिमा निरन्तर अघि बढिरहनुभएको हुँदा हामी उनको विजयको कामना गर्दछाँै ।” दयाका सागर र करुणाका खानी सो व्यक्तिलाई जनताले सहयोग गरी मुलुकमा भगवान गौतम बुद्धको जस्तो साथ र प्रेरणा पाउने भएका गिरीको धारणा रहेको छ।
महिलालाई सदैव आमा हुँदै दिदीबहिनी तथा छोरीको दर्जा दिने । कोही महिलाले कुनै क्षेत्रमा पनि औँला उठाउने ठाउँ नराखेका पवित्र कञ्चन गंगा स्वरुपका व्यक्तित्व पौडेल आउँदो निर्वाचनमा विजय हासिल गरेर आउँदा देशवासीमा पर्न आउने सङ्कट टार्न सक्ने खुबी भएका हुनुहुने गोदावरी वडा नं १३ निवासी तारा घिमिरेले दाबी गरिन । “पौडेल जस्ता व्यक्ति ललितपुरमा विजय हुँदा यहाँका महिलाले रातबिहान जुनसुकै बेला पनि ठाडो शिर गरेर यात्रा गर्न पाउने महसुस गरेको छु”, उनले भनीन् ।
महाभारतका बिदुरजस्तै दुरदर्शी र ज्ञानी व्यक्तित्व भएका पौडेलमा देशको आधा हिस्सा आगेट्ने महिला जमातको सदैव रक्षा गर्ने खुबी भएकाले उनलाई सो क्षेत्रका जनताले मत दिएर विजय गराउनुको बिकल्प नरहेको गोदावरी वडा नं दक्षिण ललितपुर कोञ्ज्योसोम गाउँपालिका निवासी प्रितिमान तामाङ्को भनाइ छ ।
शिक्षा क्षेत्रमा अब्बल, वैज्ञानिक खुबी भएका, नवप्रवर्तनका सम्बाहक, विकसित र विकासशिल राष्ट्रबारेका ज्ञाता पौडेललाई यस पटकको निर्वाचनमा विजय गराउन आफूहरु लागि परिरहेको दक्षिण ललितपुर महाङ्काल निवासी हरिमाया बजगार्इँले सुनाइन । उनले भनीन् , “महिलाको हकमा आफूभन्दा ठूलोको लागि आमा र दिदीको दर्जा दिने र आफूभन्दा सानाका लागि बहिनी र छोरीको दर्जा दिने ललितपुरका पुराना एमाले नेताको उम्मेदवारीले महाङ्कालको वस्तीनै खुशीको साथ जगमगाएको छ ।”
पार्टीका शिर्ष नेतासँग जाहेज कुरा बोल्न नडराउने, आफ्नो स्वार्थसिद्ध गर्नको लागि पदको माग कहिलै नगर्ने, महाभारतका पञ्चपाण्डब मध्येका ज्येष्ठ भाइ युधिष्ठिर जस्ता नितीपरक तथा आदर्श व्यक्तित्व भएका पौडेल जस्ता नेतृत्वको खाँचो ललितपुरमा खड्किरहेको अर्का विपक्षी कार्यकर्ताहरुको समेत धारणा रहेको पाइन्छ ।
राजनीति राजनीति भनेर लामो समय लाग्दै हिँड्दा राजकिय पदमा कहिलै नपुग्दा पनि अथक रुपमा सक्रियातापूर्वक पार्टी र सामाजिक काममा निरन्तर खटिरहने, जीवनमा कहिलै मध्यपान र धुम्रपान तर्फ अग्रसर नभएका, स्वर्गका देवता हुन छल्लिएर मानवको जन्म हुन बाध्य भएका यस्ता सतज्ञानी र सतचरित्रलाई यसपटक क्षेत्र नं १ का जनताले साथ दिने विश्वासका साथ चुनाव प्रचारप्रसारमा आफूहरु लागि परेको अर्का कार्यकर्ता मदन गौतमको भनाइ रहेको छ ।
ललितपुरको खुबै प्रख्यात स्थान गोदावरीमा जन्मेका नामले मधुसुदन र कामले समेत भगवान नाराणका स्वरुप मधुसुदनमा खोट लगाउने कुनै पनि कारण नभएको विपक्षी दल ललितपुरका शिर्ष नेताको समेत बुझाइ रहेको छ ।
कुनै पनि व्यक्तिलाई धनी वा गरिबका आधारमा नछुट्टाउने, सबै धर्म र धर्मावलम्बीको उतिकै सम्मान गर्ने, आफ्ना क्षेत्रको भेष, भुषा, भाषा, संस्कृति, रितीरिवाज र जात्रापर्व, सुखदुख आदि कर्ममा सहभागिता जनाउने पौडेलको बानी देख्दा आसन्न निर्वाचनमा मत हाल्नुको बिकल्प नरहेको स्थानीय जनताले भन्ने गरेका चिया तथा चौतारामा सुनिन थालेको छ ।
माथिका यी व्यक्तित्वले भने जसरीनै पौडेल बास्तवमै एक दायाका खानी रुपमा मानिनुहुन्छ । उनी ललितपुरको कम्युनिष्ट राजनीतिको अग्रणी नेताको रुपमा समेत रहनुभएको छ । जिल्लामा हाल रहेका नेतृत्वकर्ताहरुमा सबैभन्दा अनुभवी, बौद्धिक तथा जनतामा भिजेका व्यक्तित्व भएका कारण पौडेलले यस पटकको निर्वाचनमा अत्यधिक मतले विजय हासिल गर्ने कुरामा कुनै शंका रहेको देखिदैन ।
पौडेलले आफ्नो राजनीतिक जीवनको शुरुवात नेपालको अग्रिणी विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु मार्फत गरेका थिए । उनी २०३९ सालमा नमूना मच्छिन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुँदै नेपाल कमर्स क्याम्पसमा २०४३ सालमा स्ववियु सदस्य र २०४९ सालमा सभापतिमा पनि निर्वाचित भइसकेका छन् ।
सोका अलवा पौडेल अनेराश्ववियुको ललितपुर जिल्ला अध्यक्ष हुँदै वि.सं २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुर जिल्ला कमिटी सदस्य, सोही साल एमालेको लगातार जिल्ला कमिटी सदस्य, २०५१ साल पश्चात एमाले ललितपुरको नेतृत्व सम्हाल्न पुगेका उनी २०५३ सालमा केन्द्रीय प्रचार विभाग प्रमुख र २०५५ सालमा विदेश विभाग प्रमुख समेत भइसकेका छन् ।
किरोरावस्था देखि निरंकुश पञ्चायती व्यवस्थाको बिरुद्धमा लोकतन्त्र प्राप्तीको पक्षमा लड्दै आफूलाई सामाजिक र राजनीतिक आयाममा अगाडि बढाएका पौडेलले २०६२÷०६३ सालको जनआन्दोलनलाई सफल तुल्याउन ललितपुर जिल्लाका सबै दलको संयोजन गर्दै विशेष भूमिका निर्वाह गरेका थिए । यसैगरी उनले वि.सं २०६३ तथा २०६६ र २०६९ गरी लगातार ३ पटक एमाले ललितपुरको सचिवको रुपमा जिल्ला प्रमुखको भूमिका समेत कुशलतापूर्व बहन गरिसकेका छन् ।
स्थानीय निकाय जनप्रतिनिधि बिहिन रहेको बेला तात्कालीन जिल्ला विकास समितिमा सर्वदलीय संयन्त्रमार्फत भौतिक विकासदेखि नीतिगत सुधारसम्म गरेका पौडेलले २०७८ सालमा गठित भूमि सम्बन्धी समस्या समाधान आयोग ललितपुर अध्यक्षको रुपमा रहेर लगभग ६ महिना कार्य गर्दै गर्दा गठबन्धन सरकारले आयोग विघटन गरेका कारण सो समस्या समाधान गर्न नपाउँदा उनले ज्यादै पिडा बोध भइरहेको गुनासो गरेका छन् । “मेरै छरछिमेकमा पनि यस्ता समस्या भएका धेरै व्यक्ति हुनुहुन्छ । उनीहरुको दुःखमा मलम लगाउने जिम्मेवारी अझै पनि मेरो रहने छ”, ।
व्यवस्थापन र समाजशास्त्र विषयमा स्नात्तकोतर तहसम्मको अध्ययन हासिल गरेका पौडेल जनताका हरेक दुःख र सुखको सारथी बनेर जनताको घरदैलोमा पुग्ने राजनीतिककर्मीको रुपमा ललितपुरभर परिचित छन् । पौडेल हाल एमाले बागमती प्रदेश संगठन विभाग सचिवको जिम्मेवारीमा रहँदै प्रदेशसभा सदस्यको लागि खडा भएका छन् ।
गोदावरीका बालबालिकाका लागि एक असल शिक्षक
पौडेलले २०५३ सालमा गोदावरी नगरपालिका वडा नं ४ बडिखेलमा सूर्योदय शैक्षिक विकास प्रतिष्ठान नामक विद्यालय स्थापना गरी हालसम्म हजारौँ हजार बालबालिकाको भविष्य उज्वल बनाउन लागि परेका व्यक्तिका रुपमा परिचित छन् ।