काठमाडौं । ‘हेभिवेट’ उम्मेदवारहरूका कारण काठमाडौं २ हरेकजसो निर्वाचनमा चर्चित रहने गर्छ ।अधिवक्ता समेत रहेका प्रकाश अधिकारी त्रिभुवन विद्यालयबाट विद्यावारिधी (पिएचडी) समेत गरिरहेका छन्।मंसिर ४ गते हुने प्रतिनिधिभा निर्वाचनमा काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार बनेका अधिकारीले विकास नभई नीति निर्माणका लागि मत माग्दै आएका छन् ।माधवकुमार नेपालले पनि पराजय व्यहोरेको काठमाडौं २ मा यसपटक ३१ वर्षिया अधिकारीले उम्मेदवारी दिएका हुन् । उनी यस क्षेत्रका स्थानीय समेत हुन् ।
तार्किक र राम्रो वक्ता अधिकारी मतदाताको घर-घर पुगिरहेका छन् । ८२ हजार मतदाता रहेको काठमाडौं-मा दलहरूका १९ र १० स्वतन्त्र गरेर २९ जना उम्मेदवार छन् ।
नेकपा (माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा एमालेका वागमती प्रदेश कमिटीका सदस्य, शिक्षण पेशा छाडेर २०७४ मा वागमती प्रदेश सभा सदस्यमा निर्वाचित मणिराम फुँयाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की कुन्ती पोखरेललगायत काठमाडौं-२ मा भिड्दै छन्।
चुनावी प्रचार प्रसारमा रहँदा उनले एकदमै सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् । मतदाताहरुले दिएको सकारात्मक हौसलाले आफूलाई थप उर्जा प्राप्त भएको उनी बताउँछन् । चुनावी अभियानका क्रममा मतदाताहरुको राजनीतिक दलप्रति वितृष्णा जागेको उनको दाबी छ । सांसदको भूमिकामा नीतिगत सुधारको काम आफूले गर्ने उनी बताउँछन् ।
यो क्षेत्रमा काठमाडौं महानगरको ९ र ३२ वडा, कागेश्वरी मनहरा नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८ र ९ अनि सिंगो शंखरापुर नगरपालिका पर्छन् ।
२०७४ को आम निर्वाचनमा यो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार बनेका नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारी मतको अन्तरले विजयी भएका थिए । उनले २७ हजार ३६६ र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकप्रकाश कुइँकेलले १४ हजार ९०३ मत पाएका थिए ।
यो क्षेत्रका मतदाताले मौसम अनुसारका उम्मेदवारलाई सोही अनुसार व्यवहार गर्ने गरेका छन् । २०७० मा भएको दोस्रो संविधानसभा चुनावमा एमालेका उम्मेदवारलाई १० हजार मतको अन्तरले विजयी बनाएका काठमाडौं-२ का मतदाताले २०७१ को उपनिर्वाचनमा त्यही एमालेलाई ५ हजार मतको फरक पारेर हराए ।
गत स्थानीय चुनावमा यो क्षेत्रमा वडाअध्यक्षहरूले पाएको मतमा दलगत रूपमा एमाले अगाडि छ । उक्त चुनावमा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२९, नेकपा (एकीकृत समाजवादी)ले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र नेकपा -माओवादी केन्द्र०ले ३ हजार १३१ मत पाएका छन् ।
यो पटक जनता राजनीतिक दलहरुप्रति वितृष्णा जागेको माहोल फरक बनेको अधिकारीको दाबी छ । आफू नयाँ व्यवस्थाबारेको भिजन, मिसन र एक्सन रहेकोले मतदाताहरुले आफूलाई मत दिने उनको दाबी छ ।