काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका १६ सिट रहेकोमा १५ स्थानको अन्तिम नतिजा घोषणा भइसकेको छ । बाजुरामा गत ४ गतेको निर्वाचनमा १ मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ ।
आमनिर्वाचन, २०७९ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभाका ७ सिट जित्दै कांग्रेस पहिलो पार्टी बनेको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत ३र३ र नेकपा एमालेले २ सिट जितेको छ । गठबन्धनको घटक दल नेकपा माओवादी केन्द्रले भने सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यको १ सिट पनि जित्न सकेन ।
सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका १६ सिट रहेकोमा १५ स्थानको अन्तिम नतिजा घोषणा भइसकेको छ । बाजुरामा गत ४ गतेको निर्वाचनमा १ मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ ।
कांग्रेसले डडेल्धुरा, कैलाली ४ र ५, कञ्चनपुर २ र ३, अछाम २ तथा दार्चुलामा विजय प्राप्त गरेको छ । नागरिक उन्मुक्तिले कैलाली १, २ र ३, एकीकृत समाजवादीले डोटी, अछाम १ र बझाङ तथा एमालेले बैतडी र कञ्चनपुर १ मा विजय हासिल गरेको छ ।
कांग्रेसबाट डडेल्धुरामा सभापति शेरबहादुर देउवा, दार्चुलाबाट दिलेन्द्रप्रसाद वडू, कैलाली ४ बाट वीरबहादुर बलायर, ५ बाट डिल्लीराज पन्त, कञ्चनपुर २ बाट एनपी सावद, ३ बाट रमेश लेखक र अछाम २ बाट पुष्पबहादुर शाह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
नागरिक उन्मुक्तिबाट कैलाली १ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, २ बाट अरुणकुमार चौधरी र ३ बाट गंगाराम चौधरी विजयी भएका छन् । त्यस्तै, एकीकृत समाजवादीबाट डोटीमा प्रेम आलेमगर, अछाम १ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी विजयी भएका छन् । एमालेबाट कञ्चनपुर १ मा तारा लामा तामाङ र बैतडीमा दामोदर भण्डारी निर्वाचित भएका छन् ।
गत २०७४ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभाको एक सिट मात्रै जितेको कांग्रेसले यसपटक १५ सिटमा ७ सिट जितेको छ । सो निर्वाचनमा एमालेले ११ सिट जितेकोमा अहिलेसम्म २ सिटमा झरेको छ ।
एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीले ३ सिट पुर्यएको छ । गत वर्ष पुसमा मात्रै स्थापना भएको
नागरिक उन्मुक्तिले पहिलो चोटी नै प्रतिनिधि सभा सदस्यको ३ सिट जितेको छ । यस पटकको निर्वाचनमा ५ दलीय गठबन्धनले सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधि सभा सदस्य सिटमा गरेको भागबण्डा कांग्रेसले ९, माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ स्थानमा उम्मेदवारी दिएका थिए ।