काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्ष पूरा भएको अवसरमा सोमबार देशबासीलाई सरकारले गरेको कार्य प्रगतिबारे जानकारी गराएका छन् । सोहि अवसरमा स्वाथ्य क्षेत्रमा पनि भएका प्रगति विवरणहरु यसरी प्रस्तुत गरेका छन्
।
स्वाथ्य क्षेत्रमा गरेका केहि प्रगति विवरण:
गत बर्षको यही समयदेखि हामीले अकल्पनीय महामारी कोभिड–१९को आतब्क झेल्नु प¥यो । विश्वलाई नै हल्लाएको यस महामारीले हाम्रो मात्र होइन, विकसित मुलुकहरुकै जनस्वास्थ्य सेवाको उपलब्धता र व्यवस्थापकीय क्षमतामाथि पनि गम्भीर प्रश्न खडा ग¥यो । हामीले गत बर्षको चैतको शुरुदेखि नै बन्दाबन्दी गरी कोभिड–१९ महामारी नियन्त्रणको प्रयास थाल्यौँ । हामी मात्रै होइन, यस महामारीसँग सिन्गो विश्व नै अनभिज्ञ थियो । हामी पनि यसबारे जान्दै बुभ्mदै थियौँ । सरकारले जेजस्ता प्रयास गरिरहेको थियो ती गलत थिएनन्। पहिलोपल्ट पीसीआर परीक्षण गर्न मुलुकमा उपलब्ध प्रविधि पर्याप्त थिएन, पहिलो केसको पीसीआर परीक्षण गर्न संकलित स्वाबलाई विदेश पठाउनु परेको थियो ।
स्वास्थ्य सामग्री, पहिचान, परीक्षण र उपचारका वास्तविकतासँग मेल नखाने अनेकौं हल्लाहरु ब्याप्त थिए । अति भो’ भन्दै,, आन्दोलन गर्छु भन्नेहरुले गरेको माग– सतप्रतिशत पीसीआर टेष्ट’ कति अव्यवहारिक र अनावश्यक थियो भन्ने कुरा अहिले हामी सबै बुभ्mदैछौँ ।
– अहिले २१ लाखभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ, आवश्यकता अनुरुप यो परीक्षण जारी रहनेछ ।
– अहिले पीसीआर परीक्षण ल्याब शून्यबाट ८३ पुगेको छ । ल्याबलाई चाहिने सामान र पीपीई पर्याप्त मात्रामा उपलब्ध छ ।
– माघ महीनाको अन्त्यसम्मको प्रतिवेदन अनुसार संक्रमित संख्या २७२,५५७ छ । यो संक्रमण दर कूल जनसंख्याको १ प्रतिशतभन्दा कम रहेको छ । निको हुने दर ९८.६ प्रतिशत छ । कोभिड–१९ को मृत्युदर करिब १ प्रतिशत छ । सरकारले कोभिड–१९ बिरुद्धको उपचार निःशुल्क गर्ने व्यवस्था मिलायो । मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढीको मृत्यु अस्पतालमा नै भएको छ ।
– कोभिड–१९ का संक्रमितलाई आईसीयु र भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने हुनसक्छ भनी छुट्याइएका थियौं । तर हामीले गरेकोतयारीको तुलनामा आईसीयु प्रयोग गर्ने र भेन्टिलेटरमा राख्नु पर्ने कोभिडका विरामीको संख्या निकै न्यून
रहेको छ ।
– अहिले हामी सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने चरणमा छौँ । विश्वमा कोभिड–१९ बिरुद्धको खोप लगाउन प्रारम्भ गरिएको एक डेढ महिनाभित्रै हामीले यो खोप लगाउन प्रारम्भ गरेका छौं । यसरी खोप अभियान शुरु गर्नेमा नेपाल, दक्षिण एशियामै दोस्रो मुलुक भएको छ । माघ ३० गतेसम्म खोप लगाउनेको संख्या १ लाख ८८ हजार ९८३ पुगेको छ ।
– कोभिड– १९ ले हामीलाई पनि स्वास्थ्य संरचना र सरसफाइमा ध्यान दिन सचेत गरायो । त्यसैले, अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध ६,४९० शैयामा ३८।४ प्रतिशत (२,४९२) थप गरिएको छ । अस्पताल र स्वास्थ्यचौकीमा उपलब्ध कूल
शैया ८,९८२ पुगेको छ ।
– यस बर्ष मात्र ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको लागि एकैपटक शिलान्यास भयो । आगामी २ बर्षभित्र सम्पन्न हुने स्थानीय स्तरका यी अस्पतालमा थप ८,००० शैया उपलब्ध हुनेछन्।
– अर्को बर्ष थप २०४ स्थानीय स्तरका अस्पतालको निर्माण शुरू गरिनेछ । – आईसीयु शैया ४००, भेन्टिलेटर सहितको शैया ३०० र उच्च निर्भरता (हाई डिपेनडेन्सी) का लागि २,००० शैया थपिएको छ ।
– कोभिड–१९ को महामारीको सामना गर्ने क्रमसँगै केन्द्रमा ३०० बेड र सबै प्रदेशमा ५० बेडको संक्रामक रोग अस्पताल निर्माण गर्न प्रक्रिया प्रारम्भ गरिएको छ ।