काठमाडौं– न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दैछ ।
एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ ।
पौडेल नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका उपमहाचिव वर्षमान पुन, राप्रपा नेता धवलशमसेर जबरा, रास्वपाका मुकुल ढकाल र जसपाका रकम चेम्जोङ सदस्य छन् ।