काठमाडौं - ठुला राजनीतिक दल संग प्राय: आबद्ध हुने कारण ठेक्कापट्टा जस्ता अन्य काम पनि पाउने तथा प्रशासनिक पहुच पनि हुने भन्ने अभिप्राय हो। यस प्रकारका ऐहसान र प्रलोभनले बेरोजगार युवा तथा विपन्नहरुलाई उत्प्रेरीत गरी मत बटुल्ने यी दल र नेताको शिकार हामी भएका छौं। हामीले पाएको लोकतान्त्रिक हक अधिकारको डण्डा राजनीतिक पार्टीको झण्डामा हालेर हाल दोहन गरीरहेका भ्रष्ट नेता र असफल दलको पहरेदारीमा हामी नै तैनाथ रहेका छौं। डण्डा मात्र होईन राष्ट्रिय झण्डा समेत स्वार्थको प्रतिक बनाउने विभिन्न वादीहरु देखियो र यस्ता अन्य एकाईले पनि हामीलाई धन तथा मानसिक प्रलोभनका प्रायोजक बनाई सकेछन्।
सत्य हो, सफल परिवर्तनहरुको श्रेय युवाहरुलाई। हाल सम्म भएका परिवर्तनहरु युवाले गर्दा संम्भव भएको छ यद्पी आयोजकको रुपमा हरेक पार्टीले आफुलाई चिनाउछन्। युवालाई बेरोजगारीको घेरामा राखेर तेस्रो मुलुक जान बाध्य गराउने यीनै नेताहरुका अन्जान चक्रभ्यूमा हामी घेरिएका छौं। अब फेरी परिवर्तन गराउने जिम्मेवारी युवा कॅाध माथि आएको छ। अबको परिवर्तन नेता र दल सच्चयाउनको लागि, नेपालको अवस्था परिवर्तनको लागि हो। मिठो दमन गर्दै आएका राजनीतिक दल र ती दलका नेताले गरेका मानसिक घेराबन्दीबाट बाहिर रहेर नयॅा आयामको लागि युवाको भुमिका हुनुपर्ने देखिन्छ।
तराई मधेशको वकालत गर्ने ती दल र नेतालाई प्रष्ट जानकारी छ मधेशको गरीबी, अशिक्षा, अपुग स्वास्थ्य सेवा जस्ता स्थितीबारे, त्यही जानकारीको हतियार बनाई नीजी र पार्टीगत स्वार्थको लागि मधेशी माथि नै मिठो प्रहार गर्छन् तीनै नेताले। पहाडको परिवेश र हिमालको कठिनाईलाई अशिक्षाको अध्यारोमा राखेका यीनै ठुला दल र नेता स्वार्थले सज्जित उज्यालोको लोभ देखाई मिठो अन्याय गरेका छन्। जेष्ठ नागरिकलाई सम्मान छ हाम्रो, आवश्यक छ हामीलाई वहॅाको मार्गदर्शनको तर युवा नेतृत्वको विकल्प छैन्।
अन्तत् अबको परिवर्तन जेष्ठ नेताले गर्ने नेतृत्व हस्तान्तरणको हो तथा युवा पीढिले बहन गर्ने नेतृत्वको हुनुपर्छ। युवालाई बाध्य नगरियोस युवालाई जानकारी छ कि अधिकार नपाए, अधिकार खोस्नुपर्छ।
(अनिमेश कुमार मिश्र, सचिवालय सदस्य, विवेकशील साझा पार्टी)