जुनसुकै अवस्थाका मानिसलाई बाच्न, बढ्न तथा शारीरिक र मानसिक विकासका लागि आयोडिन अति आवश्यक हुन्छ । शारीरिक र मानसिक विकास कार्य गर्ने हर्मोन उत्पादनका लागि यसको आवश्यकता पर्दछ ।
दैनिक रुपमा ज्यादै न्युन मात्रा वा सियोको टुप्पोमा अट्ने बराबरको आयोडिन आवश्यक पर्दछ । यसको कमीले गलगॉड हुने, बाम पुड्के हुने, लाटो लठेब्रो, सुस्त मनस्थिति जस्ता शारीरिक र मानसिक समस्याहरू देखा पर्दछन ।
विभिन्न अवस्थामा निम्न लक्षणहरू देखिएमा आयोडिनको कमी भएको हुन सक्छ ।
गर्भवती अवस्था
गर्भपतन हुने
मरेको बच्चा जन्मने
जिवित जन्मिए पनि मस्तिष्कको राम्रो विकास हुन पाउदैन र बच्चाहरू सुस्त मनस्थितिका हुन सक्छन
शिशु अवस्थामा
शारिरीक बृद्धि र विकास राम्रो नहुने
मस्तिष्कको राम्रो विकास नहुने भएकोले सुस्तमनस्थिति हुन सक्छ
शिशुको मृत्यु पनि हुन सक्छ
विद्यालय जाने उमेरका बालबालिका
गलगॉड आउने
बच्चाहरू अल्छि हुने
शरीरको राम्रो विकास हुन नपाएर पुड्को तथा लाटो लठेब्रो हुने
मस्तिष्कको राम्रो विकास नहुने भएकोले पढने र सिक्ने क्षमतामा कमी हुने
प्रौढमा अवस्थामा
गलगॉड आइ कुरुप हुने र मानसिक तनाव हुने
अल्छि हुने र काम गर्ने जागर नहुने
हाम्रो माटोमा आयोडिनको कमी भएको कारणले गर्दा दैनिक खानेकुरामा माटोबाट आयोडिन प्राप्त नहुने हुनाले पुरक आयोडिन बाहिरवाट खान आवश्यक पर्दछ । दुई बालबालिका चित्र भएको नुनमा शरीरमा आवश्यक हुने आयोडिन पाइने हुनाले सवैले खानामा उक्त नुन खानु आवश्यक हुन्छ ।
आयोडिनयुक्त नुनलाई हावा नछिर्ने भाडो वा सुर्यको किरण प्रत्यक्ष नपर्ने गरेर राख्नाले यसमा भएको आयोडिन उडेर जादैन ।