भारतको छत्तिसगढ राज्य सरकारले १३ जना तेस्रो लिङ्गीहरूलाई राज्य प्रहरीमा भर्ना गरेको छ।
यति ठूलो सङ्ख्यामा लैङ्गिक अल्पसङ्ख्यकलाई राज्य प्रहरीमा अवसर दिइएको भारतमा यो पहिलो पटक हो।
एकजना अधिकारीका अनुसार उनीहरू प्रतिस्पर्धामार्फत प्रहरी जवान दर्जामा छनौट भएका हुन्।
अहिलेसम्म तमिलनाडू र राजस्थान राज्यमा एक-एकजना गरी दुई जना तेस्रो लिङ्गी मात्र प्रहरीमा भर्ती भएका थिए।
सन् २०१४ मा सर्वोच्च अदालतले लैङ्गिक अल्पसङ्ख्यकलाई तेस्रो लिङ्गी समुदायको रूपमा मान्यता दिँदै अरूहरू सरह उनीहरूले पनि समान अधिकार पाउने आदेश दिएको थियो।
अधिकारीवादी समूहहरूले भारतमा लैङ्गिक अल्पसङ्कहरूले भेदभावको सामना गर्नुपरेको बताउने गरेका छन्।
बिबिसी