काठमाडौं— यूएनएफपिएले स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयलाई ६,०४८ सेट व्यक्तिगत सुरक्षा कवच (पिपिई), ५०,००० जोडा ग्लोब्स्, ५०,००० थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री (आइएआरएच किट्स) आज हस्तान्तरण गरिएको हो ।
नेपाल, चीन र यूएनएफपिए बीचको विद्यमान दक्षिण–दक्षिण साझेदारी अन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब रु तीन करोड मूल्य बराबरको पिपिई, आइएआरएच किट्स तथा अन्य सामग्री खरिद गरेको हो ।
प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री छ जसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्नेछ ।
यस सहयोगले आवश्यक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा सम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्ने सरकारको प्रयासलाई यूएनएफपिएले सहयोग पु¥याएको छ ।
मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यूएनएफपिएद्धारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मन्त्रालयका वरिष्ठ अधिकारीहरु र यूएनएफपिए प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
उक्त सामग्री प्राप्त गरिसकेपछि मन्त्रालयका प्रमुख विशेषज्ञ डा.पोखरेलले भने, “कोभिड–१९ महामारीमा संकटासन्न महिला र किशोरीका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ ।
हाम्रो प्रयास कोभिड–१९ रोकथामका लागि निरन्तर छ र धेरैजसो वित्तीय र मानवीय स्रोत यही लक्ष्यमा केन्द्रित छ । यो महत्वपूर्ण समयमा विकास साझेदार निकायको सहयोग प्रशंसनीय रहेकोछ । हामी चीन सरकार र यूएनएफपिए प्रति आभारी छौँ ।” मन्त्रालयले प्राथमिकताका आधारमा पिपिई र अन्य सामग्रीहरु वितरण गर्नेछ । “स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग र सामग्री उपलब्ध हुदाँ महिला र किशोरीको लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा सुरक्षित रुपमा प्रदान गर्न सहज हुनेवास्तविकता सर्वविदितै छ ।
नेपालमा प्रगतिशील नीतिगत वातावरणको बाबजुद रोकथाम गर्न सकिने मातृ मृत्युर लैङ्गिक हिंसाको अवस्था अन्य देशको तुलनामा निकै उच्च रहेको छ । चीन सरकारबाट प्राप्त यस किसिमकोसहयोग अत्यन्तै सराहनीय छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ माहामारी सामना गर्न जारी राखेको प्रयास प्रशंसनिय रहेको छ” नेपालका लागि यूएनएफपिए प्रतिनिधि लुब्ना बाकिले भने ।
यस अघि पनि नेपाल, चीन र यूएनएफपिए बीचको दक्षिण–दक्षिण साझेदारी अन्तर्गत १,२०० सेट पिपिइ र ३,६०० थान स्यानिटाइजर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो ।
’