काठमाडौं – कोरोनाविरुद्धको दोस्रो प्राथमिकता परेकाहरुलाई आजदेखि सुरु भएको खोप अभियानका लागी काठमाडौं जिल्लामा ३९ वटा खोप केन्द्र तोकिएको छ।
स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौं महानगरभित्र १४ सहित काठमाडौं जिल्लाका ११ वटा नगरमा ३९ वटा खोप केन्द्र निर्धारण गरेको हो। यसअघि ३५ वटा केन्द्रको प्रस्ताव गरिएको थियो। तर कार्यालयले यसअघि प्रस्ताव गरेका केन्द्रमा केही थप र संशोधन गर्दै खोप केन्द्रको संख्या ३९ पुर्याएको हो।
काठमाडौं महानगरभित्र खोप केन्द्र तोकिएको अस्पतालको विवरण यस्तो छ ।
वीर अस्पताल,
त्रिवि शिक्षण अस्पताल,
निजामती कर्मचारी अस्पताल,
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,
परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल,
काठमाडौं मेडिकल कलेज,
नेपाल प्रहरी अस्पताल,
श्री विरेन्द्र अस्पताल,
स्तुपा अस्पताल
हिमाल अस्पताल,
ओम हस्पीटल एण्ड रिसर्च सेन्टर,
क्षेत्रपाटी निशुल्क चिकित्सालय,
जनमैत्री अस्पताल र मदर ल्यान्ड अस्पताल
कागेश्वरी मनोहरामा मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ। त्यस्तै गोकर्णेश्वरमा नेपाल मेडिकल कलेज, गोकर्ण प्राथमिक अस्पताल र शंकरापुर अस्पताललाई खोप केन्द्र तोकिएको छ।
त्यस्तै शंकरापुरमा सुष्मा कोइराला अस्पताल, इन्द्रायणी प्राथमिक स्वाथ्य अस्पताल र लप्सीफेदी स्वास्थ्य चौकीलाई खोप केन्द्र निर्धारण गरिएको छ। बुढानिकण्ठमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र करुणा अस्पताल, चुनिखेललाई खोप केन्द्र बनाइएको छ।
त्यस्तै टोखा नगरपालिकामा ग्राण्डी अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र अल नेपाल अस्पताललाई खोप केन्द्र तोकिएको छ। नागार्जुनमा रामकोट प्राथमिक स्वास्थ्य केन्द्र र सितापाइला स्वास्थ्य चौकी, तारकेश्वरमा धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ।
चन्द्रागिरी नगरपालिकामा चन्द्रागिरी प्राथमिकत अस्पताल, शशस्त्र प्रहरी अस्पताल, सतुंगल स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ। त्यस्तै किर्तिपुरमा आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, विष्णु देवी अस्पताल र पाँगा स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ। दक्षिणकालीमा शेष नारायण स्वास्थ्य चौकी र चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई खोप केन्द्र निर्धारण गरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, आजदेखि १० दिनसम्म ६५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाइने र १० दिनपछि अर्थात चैत ४ गतेदेखि ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई खोप लगाइनेछ।
यसअघि पहिलो प्राथमिकतामा परेका कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी, कोरोना संक्रमित शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा पत्रकारहरु र बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई पनि खोप दिइसकेको छ।
’