मुगु- मुगु जिल्लाको खत्याड गाँउपालिका-२ꓹ जाम गाउँको हिलटप नजिकैको खोल्सामा जिप दुर्घटना हुँदा रारा घुम्न
आएका विद्यार्थीहरु घाइते भएका छन ।
दुर्घटनामा घाइते हुने सबै जनप्रकाश माꓸ विꓸ कोल्टी बाजुराका विद्यार्थीहरु हुन । आज दिउँसो करिव १२ꓽ३० बजे तिर १४ जना विद्यार्थी सवार ८२४९ नंम्बरको बोलेरो जिप सडकबाट करिव ३० मिटर तल खसेर थियो ।
दुर्घटनामा चालकसहित २ जना यात्रु गम्भिर घाइते भएका छन् भने ११ जनालाई सामान्य चोट लागेको उद्दारमा सहभागि स्थानीय युवा लवराज मल्लले जानकारी दिएका छन् ।

रारा भ्रमणका लागि बाजुरा जिल्लाको कोल्टीस्थित श्री जन प्रकाश माꓸ विꓸ का विद्यार्थीहरु तीन वटा जिप
रिजर्भ गरेर आएकोमा पछिल्लो जिप साँघुरो बाटो भएका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले
जनाएका छन् ।

स्थानीयले घाइतेहरुको तत्कालै उद्दार गरेर उपचारका लागि रातापानी अस्पताल पुर्याएका थिए ।
जिप दुर्घटना भएर केही विद्यार्थी घाइते भएपछि राराको शैक्षिक भ्रमण रद्द गरेको विद्यालयले जनाइएको छ ।।