काठमाडौं- हरेक बर्ष जस्तै यो वर्ष पनि ११ मार्चमा नेपाल लगायत विश्वभर मिर्गौला दिवस मनाइएको छ ।
सोहि अवसरमा त्रिपुरेश्वर स्थित ब्लू क्रस अस्पतालले स्वास्थ्य क्षेत्रमा लामो समय देखि काम गर्दै आइरहेका बरिष्ठ डाक्टरहरुको जमघट गराएर ईण्डियन मल्टि नेशनल कम्पनी वार्काडको सह संयोजकत्वमा मिर्गौला सम्बिन्ध जनचेतना जगाउँदै यो दिवस मनाएको छ ।
उक्त कार्यक्रममा मिर्गौला बिरामीहरुले अपनाउनुपर्ने सजकता तथा यो रोगबाट कसरी टाढा रहन सकिन्छ भन्ने बिषयमा समेत बरिष्ठ नेफ्रोलोजिष्ट डा.सुधा खकुरेलले चर्चा गरेकी थिइन ।
त्यस्तै, बरिष्ठ नेफ्रोलोजिष्ट डा.रजनी हाडाले समेत मिर्गौला रोग निवारण तथा उक्त रोगबाट बच्नका लागि व्यक्ति स्वमं नै सचेत भई आफ्नो दैनिकी परिर्वतन गरि स्वथ्यकर जीवनशैली अपनाउनु नै यस रोगबाट बच्नु हो जस्ता टिप्सहरु समेटेर आफ्नो भनाईहरु प्रस्तुत गरेकी थिइन ।
साथै उक्त कार्यक्रममा ब्लू क्रस अस्पतालको मेडिकल अफिसर ईन्चार्ज डा.अस्मिता राईले समेत सहभागिता जनाएकी थिइन ।
मिर्गौला बिरामीहरुका लागि डायलिसिस प्रविधिबाट उपचार गर्नका लागि बिशेष योगदान पुर्याउनु हुने डायलिसिस टेक्निसियनहरुलाई समेत ब्लू क्रस हस्टिलले उक्त मिर्गौला दिवशको अवसरमा बिशेष सम्मान प्रदान गरेको थियो ।
अस्पतालका कार्यकारी ब्यवस्थापन समितिका सदस्य–सचिव रजत श्रेष्ठ भन्छन् 'डायलिसिस प्रविधिबाट उपचारमा बिशेष योगदान पुर्याउने प्राविधिकहरुलाई यसरी सम्मान गर्दा अझै बढि हौसित भई सेवामा अग्रसर रहने विश्वास लिएको छु ।'
नेपालको निजि अस्पतालहरुबाट डायलिसिस सेवा उपलब्ध गराउने संम्भवतह ब्लू क्रस अस्पताल पहिलो रहेको तथा नेपाल सरकारसँग समन्वय गरि ब्लू क्रसले समेत डायलिसिस सेवा निःशुल्क प्रदान गर्दै आएको अस्पतालकी प्रबन्धक सती देबी गौतमले बताइन् ।
प्रबन्धक गौतम भन्छिन्,'नेपालमा कोभिड महामारीले अस्पताललाई समेत नराम्रो चपेटामा पारे पनि ब्लू क्रस हस्पिटलको उत्कृष्ट ब्यवस्थापन टिम वर्कको कारण डायलिसिस सेवालाई एक दिन पनि अवरुद्ध हुन नदिई हरेक चुनौतिको सामना गर्दै सेवामा निरन्तरता दिन सफल भएको छौं ।'
ईच्छा शक्ति रहेको खण्डमा जस्तो सुकै चुनौतिको सामना गर्दै आफ्नो लक्ष्य प्राप्ति गर्न सकिने रहेछ भन्ने ज्वलन्त उदाहरण ब्लू क्रस हस्पिटलको कोर टिमले सिकाएको छ ।जसमा रजत श्रेष्ठ, डा.प्रज्वल मान श्रेष्ठ, सती देबि गौतम, सम्झना शाक्य, श्री प्रसाद तिवारी तथा अञ्जु ढुङ्गेल जस्ता अनुभवी तथा दक्षता हासिल गरेका ब्यक्तिहरु रहेका छन् ।
