काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अराजकता स्वीकार नगर्ने स्पष्ट पार्नुभएको छ ।
केन्द्रीय कमिटीको बैठकपूर्व एमाले केन्द्रीय सदस्य, सांसद तथा जनप्रतिनिधिहरुका लागि आयोजना गरिएको चियापान कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भाँडभैलो मच्चाउन नदिने बताउनुभएको हो । उहाँले एउटै पार्टीमा बसेर गुटका भेला बैठक नगर्न पनि चेतावनी दिनुभयो । ‘एउटै पार्टीमा बसेर अराजकता, उच्छृंखलता, विधि–विधान र एकताविरोधी कामलाई छुट हुँदैन । सहेर बसिदैन । अचाक्ली भयो,’ प्रधानमन्त्रीले स्पष्ट शब्दमा भन्नुभयो, ‘पार्टीलाई पार्टीको रुपमा बचाउनुपर्छ । भाडँभैलो मच्चाउने काम गर्नुहुँदैन । विचारमा केन्द्रित भएर काम गर्नुपर्छ ।’
पार्टीका नेता कार्यकर्ता अनुशासनहीन भए विधान र दलसम्बन्धि कानूनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो । ‘एकताबद्ध गतिशील पार्टी चाहिन्छ,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘मनपरी गर्दै हिड्न छुट दिइँदैन । कानूनका नजरमा सबै समान छन् ।’
‘एउटै पार्टीमा बसेर अराजकता, उच्छृंखलता, विधि–विधान र एकताविरोधी कामलाई छुट हुँदैन । सहेर बसिदैन । अचाक्ली भयो,’ प्रधानमन्त्रीले स्पष्ट शब्दमा भन्नुभयो, ‘पार्टीलाई पार्टीको रुपमा बचाउनुपर्छ । भाडँभैलो मच्चाउने काम गर्नुहुँदैन । विचारमा केन्द्रित भएर काम गर्नुपर्छ ।’
प्रधानमन्त्रीले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि झन् विघटनको औचित्य पुष्टि हुँदै गएको बताउनुभयो । ‘विघटनको औचित्य के थियो भन्ने पुष्टि हुन गइरहेको छ । मुद्दा लडेर फिर्ता ल्याएको संसद आफैँ चल्न नदिने, अबरुद्ध गर्ने, वेलमा गएर नाराबाजी लगाउने स्थिति बन्यो । अध्यादेशहरु अधिवेशन सुरु भएको पहिलो बैठकमा नै प्रस्तुत गर्नुपर्छ, त्यो पनि सरकारलाई प्रस्तुत गर्न दिइएन,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान कार्यान्वयन गर्न व्यवधान गरियो । सभामुखज्यूले कार्यसूची बदलेर मन्त्रीलाई चुप लाग्नु भनेर बैठक स्थगित गरेर अर्को दिनलाई सार्नुभयो । संवैधानिक दायित्वबाट पनि सरकारलाई बलजफ्ती बन्चित गरियो ।’
संविधान कार्यान्वयनको लागि सभामुखको प्रतिबद्धता, कर्तव्य हुनुपर्नेमा उहाँ नै सेटिङबाट चलेको प्रधानमन्त्रीको भनाइ छ ।
चियापानमा उपप्रधानमन्त्री, मन्त्रीहरु, नेकपा एमालेका केन्द्रीय सदस्यहरु, सांसद तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।