काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा मंगलबार सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम भएको छ ।

चियापान समारोहमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु, सांसद तथा पार्टीका नेताहरु बालुवाटारमा भेला हुनुभएको थियो । चैत्र ७ गते बस्ने नेकपा एमालेको केन्द्रीय समितिको बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले चियापानको आयोजना गर्नुभएको प्रमुख स्वकीय सचिव ईन्द्रप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सोमबार मात्र नेकपाका माधव नेपाल समूहसँग पार्टीलाई एकजुट बनाएर लैजाने विषयमा कुराकानी गर्न दुबै पक्षका नेताहरुको छलफल भएको थियो । तर छलफलमा कुनै ठोस सहमति निस्कन सकेको थिएन ।

यता नेपाल समूहले भने बुधबार र बिहीबारका लागि आयोजना हुने राष्ट्रिय भेला नरोक्ने भएको छ । प्रधानमन्त्रीले भेला रोक्न भने पनि त्यसलाई नेपाल समूहले अस्वीकार गरेको छ ।