काठमाडौं - राष्ट्रिय ट्रमा सेन्टरमा उपकार सेवा नेपाल नामक संस्थाले प्रशोधित शुद्ध पिउने पानीको आरओ जडान गरिदिएको छ । दिवंगत घनश्याम दास सरस्वती देवी अग्रवालका छोरा समाजसेवि अनिल कुमार अग्रवालले पानीको समस्या रहेको अस्पतालमा आरओ जडान गरि शुद्ध पिउने पानीको व्यवस्था मिलाएका हुन् ।
समाजसेवि अग्रवालले भने, बुवाले पानी खुवाउनुजस्तो पुण्य काम केही नहुने भन्नुभएको थियो । त्यसैले बुवाको चाहनालाई पुरा गर्न अस्पतालमा आरओ जडान गरि शुद्ध पिउने पानीको व्यवस्था गर्ने अवसर पाउँदा खुशि मिलेको छ ।
अस्पतालमा पानी जडान गरेपछि अस्पतालका बिरामी र कर्मचारीले पानी किनेर पिउन पर्ने बाध्यता हढ्ने बताए । उनले भने, अस्पतालको आवश्यकता अनुसार ह्वील चेयर सहयोग गर्ने घोषणा गरे । साथै उक्त ह्वील चेयर बिरामीले डिस्चार्ज हुँदा घर लिएर जाने पाउनेछन् ।
त्यस्तै उनले ट्रमामा भर्ना भएका बिरामीलाई बेलुकाको खाना खुवाउने र ट्रमामा डाइलाइसिस मेशिनसमेत उपलव्ध गराउने समेत प्रतिबद्धता गरे ।
यसैगरी अर्की समाजसेवी अञ्जु श्रेष्ठले ट्रमामा एक थान भेन्टिलेटर सहयोग गरेकी छिन् । सहयोग स्वरुप पाएको भेन्टिलेटरमा निःशुल्क उपचार गरिने अस्पतालले जानएको छ ।
त्यस्तै अर्का समाजसेवी तुलसी श्रेष्ठले असार देखि करिब ९० जनालाई दैनिक बिहानी सत्रमा ट्रमा अस्पतालमा बेवारीसे व्यक्ति र कुरुवालाई खाना खुवाउँदै आइरहेका छन् । उनले जोरपाटिस्थित आफ्नै घरबाट खाना बनाएर सो अस्पतालमा ल्याएर विवतरण गरिरहेका छन् । साथै उनले ४ जना बेवारिसे व्यक्तिलाई द्दरमा लगेर पालेकोमा हाल उनको द्दरमा ३ जना रहेको जानकारी दिएका छन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले अस्पताललाई गरेको सहयोगप्रति दाताहरुलाई धन्यवाद दिदै अब बिरामी तथा कुरुवाले पानीमा महिनामा लाखौं खर्चनुपर्ने समस्या हटेको बताए ।
२०० बेडको अस्पतालमा पिउने पानी जडानपछि पानी किन्न खर्च हुँदै आएको लाखौं रुपैया बचत हुने विश्वास उनले लिए ।