काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमण बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने भन्दै सभा, जुलुस, र्यालीलगायतका गतिविधि नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन्।
मन्त्रालयले मास्कको प्रयोग अनिवार्य गर्न, साबुन पानिले हात धुन, सेनिटाइजरको प्रयोग गर्न र जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ।
‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्टि, सेमिनार, बैठक, भीडभाड हुने व्यवसायिक कार्य नगर्नू हुन र सामाजिक/भौतिक दूरी, मास्को अनिवार्य र उचित प्रयोग, तथा सावुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग लगायत यस मन्त्रालयद्वारा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरु समेत पालना गरी कोभिड १९ को संक्रमण रोकथाममा सहयोग गर्नु सबै सरोकारवालाहरुमा हार्दिक अनुरोध छ।’विज्ञप्तीमा भनिएको छ ।