काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर शुल्क दुई हजार रुपैयाँभन्दा बढी नलिन निर्देशन दिनुभएको छ ।

सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी प्रयोगशालामा एक हजार रुपैयाँ र निजी प्रयोगशालामा २ हजार रुपैयाँ तोकिएकोमा केही प्रयोगशालाले त्यसभन्दा बढी नलिएकाले कुनै पनि बहानामा थप शुल्क नलिन अपिल गर्नुभएको छ ।

मन्त्रालयले तोकिएकोभन्दा बढी शुल्क लिनेलाई परीक्षणको सूचीबाट हताउने चेतावनी दिएको छ ।