सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी दिनुभयो । मधेस आन्दोलनको सम्मान गर्नका लागि मुद्दा फिर्ता लिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

सरकारले अक्सिजन लगायत जीवनदायक मालवस्तु आयातमा करछुट दिने निर्णय गरेको छ ।

मन्पिरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले काठमाडौं उपत्यका तथा तराईका विभिन्न नाकाहरुमा १ हजार जना अटाउने क्षमता भएका होल्डिङ सेन्टरहरु बनाइने जानकारी दिनुभयो । नेपाली सेनाले निर्माण गर्ने यस्ता होल्डिङ सेन्टरका लागि आवश्यक जग्गा स्थानीय तहहरुले मिलाउनुपर्ने छ ।