काठमाडौं– गत २४ घण्टामा ८९६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

२०२४५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८९६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ५०५५ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ । उक्त संख्या नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको संख्यासमेत जोडर भएको हो ।

काठमाडौंमा २७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जना गरी उपत्यकामा ३५६२ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।