काठमाडौं– गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

२०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८२०३ जना संक्रमित भएका हुन् । सोही अवधिमा ६८९१ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा १९६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा २०४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जना गरी उपत्यकामा २६३५ जना कोरोना संक्रमित भएका छन् ।