विराटनगर– व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।

न्यौपानेको ५० वर्षको उमेरमा विराट मेडिकल कलेज, विराटनगरमा शुक्रबार बिहान निधन भएको हो । उहाँलाई दुई साताअघि कोरोना संक्रमण भएको थियो ।

न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य, सप्तकोशी एफएमका स्टेशन म्यानेजर तथा विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो ।

झापाको गौरादह स्थायी घर भएका न्यौपानेका श्रीमती एक छोरा, एक छोरी छन् ।