कोपा अमेरिका २०२१ ब्राजिलमा हुने पक्का भएको छ । यसभन्दा पहिले प्रस्तावित आयोजक राष्ट्रहरु अर्जेन्टिना र कोलम्बियालाई ‘कोनमेवोल’ले आयोजक राष्ट्रको सूचीबाट बर्खास्त गरेपछि कोपा अमेरिका २०२१ को भविष्य अन्योलमा रहेको थियो ।

सन् २०२० मा आयोजना हुनुपर्ने यस प्रतियोगिता कोरोना महामारीका कारण एक वर्षयता धकेलिएको थियो । यद्यपी कोलम्बियामा जारी राजनीतिक अशान्ती र अर्जेन्टिनामा कोरोना महामारीको बढ्दो संक्रमणले अन्तिम समयमा आयोजक राष्ट्र नै परिवर्तन गर्नुपरेको हो ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कोनमेवोलले हिजो ब्राजिलमा निर्णय गरेको हो । आगामी जुन १३ देखि जुलाई १० सम्म खेलिने कोपा अमेरिका यसभन्दा अगाडिको संस्करण पनि ब्राजिलमा नै सम्पन्न भएको थियो र त्यतिबेला २०१९ को सो उपाधी पनि ब्राजिलले नै जितेको थियो ।-