काठमाडौं, जेठ ३० गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि एक हप्ता थप गर्ने निर्णय भएको छ ।
यसैगरी बैठकले हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सञ्चालन गर्न दिने निर्णय भएको छ भने किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्दै आएकोमा बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ११ सम्म मात्र खोल्न दिइएको छ ।
बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी–साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय गरिएको छ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । सार्वजनिक सवारी–साधनको हकमा पहिलाकै मोडालिटी रहेको छ । मास्क लगाएर हिँड्डुुल गर्न दिइनेछ ।
व्यावसायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार, पसल खुला गर्ने नयाँ नियम जारी गरिएको छ । भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरुका लागि समय, बारअनुसार खोल्न दिइने गरी तोकिएको छ ।
‘‘उपत्यकाको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै छ,”