काठमाडौं– सातै प्रदेश सरकारहरुले प्रदेशसभा समक्ष आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका छन् ।

प्रदेश १ र गण्डकी प्रदेशले यसवर्षको बजेट गतवर्षको बजेटको आकार भन्दा घटाएका छन् । कोभिड महामारीका कारण आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएकाले बजेटको आकार कम हुन पुगेको हो ।

केही प्रदेशहरुले चालु आर्थिक बर्षको बजेट कै हाराहारीमा नयाँ बजेट ल्याएका छन् । प्रदेश सरकारले पेस गरेको बजेट मुख्यतया कोरोना महामारीको नियन्त्रण, कृषिको आधुनिकरण ,रोजगारी सृजना र आर्थकि पुनर्उत्थानमा केन्द्रित गरिएको छ ।

सडक पूर्वाधार, उद्योग कलखाना स्थापना, रोजगारी वृद्धि, सामाजिक विकासतर्फ महिला बालबालिका, एकल महिला, जेष्ठ नागरिक, लक्षित कार्यक्रम सञ्चालन बजेटका प्राथमिकतामा राखिएको छ ।