काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिनभित्र थप १० लाख डोज कोभिडविरुद्धको खोप आउने जानकारी दिनुभएको छ ।
बालुवाटारमा शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ओलीले अर्को साता चीनबाट न्यूनतम १० लाख डोज खोप नेपाल आइपुग्ने जानकारी दिनुभयो । जुलाई ८ तारिखमा खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ ।
सरकारले खोप खरिद प्रक्रिया केही साताअघि पूरा गरेको थियो ।