काठमाडौं– एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमसहित नेपाल समूहका नेता पनि सहभागी हुनुभएको छ ।

शुक्रबारदेखि सुरु भएको १३ औं केन्द्रीय कमिटी बैठकमा गौतमसहित उहाँको समूहका नेता हरि पराजुली र माधव नेपाल समूहका नेता गणेश पहाडी सहभागी हुनुभएको छ । पराजुली गौतम निकट मानिनुहुन्छ भने पहाडीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको थियो ।

पहाडी निर्वतमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुनुहुन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई आहवान गर्नुभएको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आजको प्रमुख आवश्यकता नेकपा (एमाले) को एकता रहेकोमा जोड दिएर हो चि मिन्हलाई उद्यृत् गर्दै भन्नुभएको छ, ‘पहिलो आवश्यकता एकता, दोस्रो आवश्यकता एकता र तेस्रो आवश्यकता एकता ।’