काठमाडौं- सूचना, प्रविधि, शिक्षा तथा व्यावसायिक क्षेत्रमा आबद्ध ४ जना युवाहरुको संयुक्त लगानीमा ‘सस्तो पसल’ इ कमर्स २७ असार (शनिबार) बाट सञ्चालनमा आउने भएको छ ।
दैनिक उपभोग्य ग्रोसरी तथा खाद्यान्न, फर्निचर, स्वास्थ्य सामग्रीहरू लगायतको डेलिभरी गर्ने गरी सस्तो पसल सञ्चालनमा ल्याउन लागिएको हो ।
राजधानी काठमाडौं लगायत देशभर सेवा प्रदान गर्ने गरी सस्तो पसल सञ्चालनमा ल्याउन लागिएको चिफ अपरेटिङ अफिसर सुमन थपलियाले बताए ।
अपरेटिङ अफिसर थपलिया भन्छन् ‘उर्जाशील युवाहरुको कन्सेप्ट अनुसार यसलाई सस्तो पसल सुरुवात गर्न लागिएको हो,‘सस्तो पसल शुभारम्भका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।’
सफ्टवेयर डेभलपमेन्ट र इ कमर्सको क्षेत्रमा लामो अनुभव भएका डा.पवन कुमार श्रेष्ठ भने कम्पनीको अध्यक्ष हुन् ।
कम्पनीका अर्का सञ्चालक हृदय श्रेष्ठसँग अपरेसन र डेलिभरी सम्वन्धी अनुभव छ । फेडेक्स लगायत अन्य प्रतिष्ठित अन्य कम्पनीको अनुभव पनि उनीसँग छ ।
व्यवसायी सरोज पौडेलसँग अमेरिकाको कर्पोरेट कम्पनीहरुमा काम गरेको उत्कृष्ट अनुभव छ । उनले सफ्वयरमा मास्टर्स गरेका छन् भने आर्टिफिसियल इन्टेलिजेन्समा विशेषज्ञता हासिल गरेका छन् ।
सुमन थपलियासँग टेक्सास कलेजको आइटी डिपार्टमेन्ट, जुकिटेकको सिइओ, इ कमर्सको सिइओ लगायतका अनुभवि हुन् । सुशान्त पन्त गतिशील युवा हुन् जो व्यवसायमा उत्साहका साथ लागिरहेका छन् ।
परम्परागत व्यवसाय भन्दा माथि उठेर इकमर्शको सुरुवात गरेर व्यवसायमा नयाँपन दिन लागिएको अध्यक्ष थपलियाले बताए ।