काठमाडौं– सत्तारुढ नेकपा एमालेको विवाद अन्त्य भएको नेताहरुले दाबी गर्नुभएको छ ।

शुक्रबार करिव ७ घण्टा सिंहदरवारस्थित अर्थ मन्त्रालयमा बसेको संयुक्त कार्यदलको बैठकले सहमति गरेको हो । भाषिकलगायतका विषयमा मिलाउन बाँकी रहेको कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताउनुभयो ।

शनिबार पुनः बैठक बसेर टुंगो लगाइनेछ । ‘भाषिक परिमार्जनलगायतका विषयमा फेरि बस्नुपर्ने भएकाले भोलि छलफल गर्छौं,’ उहाँले भन्नुभयो ।

कार्यदल सदस्य गोकर्ण विष्टले पनि एकाधबाहेकका विषयमा सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आधा दर्जन विषयमा सहमति भएको छ, एकाध विषयमात्र बाँकी छ
भोलि सहमतिमा पुग्छौं ।’