पाल्पा- मालपोत कार्यालय पाल्पामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि सम्पूर्ण सेवा बन्द गरिएको छ । मालपोत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि साउन ३२ गतेसम्मका लागि सेवा बन्द गरिएको हो ।

कार्यालयका कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राहीमा समेत संक्रमण फैलिनसक्ने जोखिमका कारण आन्तरिक कामकाज बाहेकका सबै सेवा पूर्णरुपमा बन्द गरिएको निमित्त प्रमुख इविन्द्रराज बस्यालले बताउनुभयो ।

लकडाउन खुकुलो हुँदा कार्यालयहरुमा सेवाग्राहीको भीड बढ्ने तर स्वास्थ्य मापदण्डको पालना नगरेका कारण यसअघि जिल्ला प्रशासन कार्यालयमा समेत कर्मचारीमा संक्रमण देखिए पछि १० दिनका लागि सेवा बन्द गरेको छ ।-