बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता आर्थिक योजना मन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको बताउनुभयो ।

प्रदेश सभामा सरकारविरुद्ध विपक्षी गठवन्धनले अविश्वास प्रस्ताव दर्ता गरेपछि आज दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको थियो । विशेष अधिवेशन अघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको नेकपा एमाले लुम्विनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।