मोरङ- प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन गएराति १२ बजे देखि अन्त्य गर्नु भएको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन गएराति १२ बजेबाट अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेकेा थियो ।

प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन जेठ २४ गते देखि शुरु भएको थियो । प्रदेश १ को बजेट पारित भएपछि केही दिन स्थगित भएको बजेट अधिवेशन साउन २१ गते पुनः सुचारु भएको थियो ।-