काठमाडौ । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।
१४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका छन् ।
यसअघि हिजो (मंगलबार) नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो ।
एमालेले संघीय संसद सचिवालयलाई लेखेको पत्रको बोधार्थ निर्वाचन आयोगमा आएको आयोगको बुझाएको थियो ।
कारबाहीमा पर्नेमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन् ।