निर्वाचन आयोगले दल दर्ता सनाखतको तयारी गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रस्तावित नेकपा एकिकृत समाजवादी पार्टी र महन्थ ठाकुर पक्षका लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदलाई सनाखतका लागि आज साढे ११ देखि २ बजेसम्मको समय तोकिएको छ ।

सनाखतका लागि केन्द्रीय सदस्यहरुले नागरिक्ताको प्रमाण पत्र र सांसदहरुले संसद सचिवालयको परिचय पत्र साथमा लगी हस्ताक्षर गर्न भनिएको जानकारी प्रवक्ता श्रेष्ठले दिनुभयो ।

दुवै दलका केन्द्रीय सदस्य तथा सांसदका लागि अलग-अलग हस्ताक्षर गर्ने व्यवस्था गरिएको छ । आयोग सचिवालयका अधिकारीहरुको रोहवरमा सनाखत गरिने र यसको प्रतिवेदन आयोग समक्ष आजै बुझाइने जानकारी प्रवक्ता श्रेष्ठले दिनुभएको छ ।-