काठमाडौं । मन्त्रीपरिषद् विस्तार सहित मन्त्रालय बाँडफाट सम्बन्धि निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको लागेको हो ।
सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा छन् ।
आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने सत्तारुढ नेकपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार आज बैठक बसेर केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष दहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस महामन्त्री खड्काबीच भएको छलफलपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।
केहि समयअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले माधव कुमार नेपालले दलको मान्यता पाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको थियो ।
देउवा प्रधानमन्त्रीमा नियुक्ति भएको आज ४९ दिन पुगेको छ । तर सरकारले पूर्णता पाउन सकेको छैन ।